काठमाडौं : अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।
दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।
पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।
पदाधिकारीहरूः
अध्यक्ष: सुजन कडरिया
उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामि
उपमहासचिव: कमल जोशी
सचिव : आकाश घर्ती
सचिव: रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल
आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला