फाल्गुनन्द गाउँपालिका अध्यक्ष कपको उपाधि वडा नम्बर ५ फाक्तेपलाई

  युद्धबहादुर बोहोरा
147 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिकामा जारी तेस्रो अध्यक्ष कपको उपाधि वडा नम्बर ५ फाक्तेपले जितेको छ ।

विहिवार सम्पन्न भलिबल प्रतियोगिताको फाइनल खेलमा उपाधि दावेदार मानेको वडा नम्बर ६ मेहेलबोटे विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि फाक्तेपले उपाधि हात पारेको हो ।

नेपाल पुलिस क्लबमासमेत खेल खेल्दै आएका कोशी प्रदेशका देवेन्द्र चेम्जोङले आफ्नो वडाबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि ५ नम्बर वडा फाक्तेपले जीत हाँसिल गरेको हो । पहिलो सेटमा २५-२२ को जीत हाँसिल गरेको वडा नम्बर ५ ले दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २५-१९ को जीत हाँसिल गरेपछि च्याम्पियन बनेको हो । जीत हाँसिल गरेको वडा नम्बर ५ ले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्बर ६ मेहेलबोटेले ५५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्रसहित दोस्रो उपाधि हात पारेको छ ।

प्रतियोगिताको उत्कृष्ट लिबेरो विजयी टोलीका सौरव राई घोषित भएका छन् । उत्कृष्ट सरभर विजयी टिमकै सुमित लिम्बु घोषित भए । त्यस्तै, वेष्ट स्पाइकर च्याम्पियन टोलीका देवेन्द्र चेम्जोङ र वेष्ट प्लेयर देउमान लिम्बु घोषित भए । ७ नम्बर वडाको पिपलबोटेस्थित ज्योति माविको खेलमैदानमा जेठ २८ देखि संचालन भएको खेल २९ गते सम्पन्न भएको खेल संयोजक दिपेश आङ्देम्बेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार