
पाँचथर : नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान पाँचथर शाखाद्वारा फाल्गुनन्द गाउँपालिकाका ३१५ जना महिलालाई अधिकार र कानुन सम्बन्धी प्रशिक्षण गराएको छ ।
महिलाका लागि कानुनमा उल्लेख भएका अधिकार बारे पालिकाका सातै वटा वडाका महिलालाई जानकारी गराउन र सचेतनामुलक कार्यक्रम संचालन गर्न गाउँपालिकाको आर्थिक सहयोगमा प्रत्येक वडामा कार्यक्रम सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष शंख ध्वज नेम्वाङले जानकारी दिए ।
तालिममा महिला सहभागिता र सशक्तिकरण, वर्तमान अवस्था र चुनौती, लिङ्ग, लैङ्गिकता, लैङ्गिक, पहिचार र यौवन झुकाव साथै हिंसा, लैङ्गिक हिंसा, महिला हिंसा र घरेलु हिंसा, महिला हक र कर्तव्य, मानव अधिकार महिला अधिकारलगायतका बारेमा मानव अधिकार मञ्च नेपाल, इलामका सहजकर्ताद्वय शर्मिला राई र गायत्री थेगिमले सहजीकरण थिए ।
प्रशिक्षन आयोजना गर्ने संस्थाले चेतनामुलक र महिलालाई आवश्यक पर्ने सचेतना उपलब्धीमुलक बनेको समापन कार्यक्रमका प्रमुख अथिति ५ नम्वर वडाध्यक्ष विष्णुकुमार चेम्जोङले बताउँदै आयोजक र सहजकर्तालाई धन्यवाद दिए । सहभागीलाई सिकेका कुरा व्यवहारमा उत्तार्न सुझाव दिएका छन् । कार्यक्रममा सहजकर्तालाई कदरपत्रद्वारा सम्मान र सहभागीहरुलाई प्रमापण -पत्र प्रदान गर्दै शुभकामना तथा बधाइ ज्ञापन गरेका छन् ।

यस संस्थाले विगत तीन वर्षअघि घुर्बिसे पञ्चमी पाँचथरमा स्थापना भएको यस प्रतिष्ठान शाखाले कानुनी सचेतना,स्वास्थ्य शिविर सञ्चालन,कम्प्युटर तालिम, किसानलाई पशुपालन सम्बन्धी व्यावसायिक तालिमलगायत किशोर, किशोरीलाई जनचेतनामुलक प्रशिक्षणलगायत सामाजिक क्षेत्रका विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।















































