
इलाम : इलामको पहिलो अनलाइन सञ्चारमाध्यम नयाँ बुलन्द डटकमले आफ्नो नवौं वार्षिक उत्सवको अवसरमा क्यालेण्डर-२०८२ सार्वजनिक गरेको छ।
वार्षिक उत्सव कार्यक्रम आइतबार इलामको फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो । सो अवसरमा आयोजित विशेष समारोहबीच क्यालेण्ड-२०८२ सार्वजनिक गरिएको हो ।
नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बुद्धमाया सोङ्मीलगायतले क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नयाँ बुलन्द डटकमका सम्पादक योङहाङले वार्षिकोत्सवको अवसरमा संस्थाको विगतको यात्रा र भावी योजना प्रस्तुत गर्दै क्यालेण्डर प्रकाशनलाई सञ्चार माध्यमको नियमित वार्षिक प्रकाशनको रुपमा अगाडि बढाइएको जानकारी दिए।
कार्यक्रममा सहभागी वक्ताहरूले डिजिटल युगमा वैकल्पिक सञ्चार माध्यमहरूको भूमिकाको चर्चा गर्दै नयाँ बुलन्द डटकमले स्थानीय समाचार र घटनाक्रममा विश्वसनीयता र जवाफदेहिता कायम राख्दै आएकोमा प्रशंसा व्यक्त गरेका थिए ।























































