मुकुमलुङ संरक्षणको आन्दोलनलाई नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको आर्थिक सहयोग

  जीवन लिम्बू
196 Shares

न्यूयोर्क । ताप्लेजुङको मुकुमलुङ क्षेत्रमा भइरहेको मुन्धुमीस्थल संरक्षणको आन्दोलनलाई नेपाल आदिवासी जनजाती महासंघ अमेरिका ९फिप्ना०ले आर्थिक सहयोग उपलव्ध गराएको छ । किरात याक्थुङ चुम्लुङ नेपाल केन्द्र मार्फत आन्दोलनको बेला घाईते भएकाहरुको उपचारार्थ सहयोग रकम आज नेपाल पठाइएको किरात याङथुङ चुम्लुङ अमेरीकाका अध्यक्ष पुरन पयाङ्गुले बताए ।

आन्दोलनलाई सहयोग पुर्‍याउन किरात याक्थुङ चुम्लुङ अमेरिकाका निर्वतमान अध्यक्ष दिपक थेबेको सक्रियतामा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । चुम्लुङका निवर्तमान अध्यक्ष थेबेको सक्रियतामा संचालन भएको अभियानबाट तीन लाख ८४ हजार १ सय १२ रुपियाँ सहयोग संकलन भएको थियो । सो रकम आज नेपाल पठाइएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै चुम्लुङ अमेरिकाले अपिल सार्वजनिक गरेको छ । अपिलमा भनिएको छ ”सरकारको यो बदनियतपुर्ण निर्णयले केवल आदिवासीहरूको हक र अधिकारलाई मात्र होइन, मुकुमलुङ अर्थात पाथिभरालाई सांस्कृतिक र आध्यात्मिक सम्पदाको प्रतिकका रूपमा चिनाउनुको सट्टा एउटा रणभुमिको रुपमा मात्र विकसित गर्ने भएको हुँदा सरकारले याक्थुङ जातिहरुको आस्थाको भूमि निजी कम्पनीलाई भाडामा दिने निर्णय लिने, आफ्नै नागरिकमाथि गोली चलाउन बर्बरतापुर्ण आदेश दिने जिम्मेवार निकाय र पदाधिकारिहरूलाई यथाशिघ्र नेपालको संविधानले परिकल्पना गरेको कानुन बमोजिम कानुनी कठघरामा उभ्याएर शान्तिपुर्ण वातावरण तयार पारी सहज निकास निकाल्न नेपाल सरकार एवं संबन्धित सरोकारवाला, पत्रकार, मानव अधिकारवादी संघ संस्था सबै प्रति किरात याक्थुङ चुम्लुङ अमेरिका जोडदार अपिल गर्दछुु ”।

त्यसैगरि अपिल मार्फत फिप्ना अध्यक्ष तोरण गुरुङले जतीपनी आन्दोलनमा घाइते भएकाहरू पर्ती फिप्ना सिघ्र स्वस्थ्यलाभको कामना गर्दै यो ब्यवसायीको साथ दिने सरकारपर्ती घोर आपती र भत्सर्ना गर्दै सम्पुर्ण पहिचानवादी एक भएर अघि बढ्न आह्वान गरेका छन् । त्यस्तै कियाचु अमेरिका अध्यक्ष पुरन पयाङ्गुले आन्दोलन जती सम्म गएपनि कियाचु अमेरिका सधै आन्दोलनको पक्षमा रहने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार