प्रदेशस्तरीय र्‍यापिड चेस प्रतियोगिताको उपाधि ज्वाला इम्बुङलाई

  नयाँ बुलन्द
245 Shares

इलाम : इलाम सदरमुकाममा आयोजित  प्रदेशस्तरीय फुलमती सोङ्मी स्मृति र्‍पापिड चेस प्रतियोगिताको उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा ज्वालाले  नौ चरणको खेलमा ८  दशमलव ५ अंकसहित विजेता बन्न सफल भएका हुन् ।

दोस्रो ७ दशमलव ५ अङ्कसहित पाँचथरका रिसन थापा र तेस्रो ताप्लेजुङका निमा शेर्पा भएका छन् ।

जिल्ला बुद्धिचाल संघ इलामको आयोजनामा र प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा प्रतियोगितामा ११४ खेलडी सहभागी थिए ।

प्रतियोगिता स्वर्गीय फुलमती सोङ्मीको सम्झनामा सञ्चालन भएको हो । प्रतियोगिता सञ्चालनका लागि सोङ्मी परिवारले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार