मल्टिमिडिया र पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सुरु

इलाम : मल्टिमिडिया र पत्रकारितामा एआईको प्रयोग सम्बन्धी सात दिने तालिम बिहीबार इलाम सदरमुकाममा सुरु भएको छ ।

इलाम नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ इलाम शाखाको आयोजनामा तालिम सुरु भएको हो ।

तालिम नेपाल पत्रकार महासंघको हलमा सुरु भएको हो।  तालिममा ३० जना पत्रकारहरु सहभागी छन् । तालिमका सहभागीहरुलाई पत्रकार भिसन राईले सहजीकरण गरिरहेका छन् ।

शाखा अध्यक्ष भीम चापागाईंको अध्यक्षतामा भएको तालिमको उद्घाटन इलाम नगर प्रमुख केदार थापाले गरेका थिए ।

उद्घाटन अवसरमा इलाम नगर प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सटेन्द्र जबेगू, प्रदेश समितिका पूर्वउपाध्यक्ष सोम सुुसेली, प्रदेश समिति सदस्य बुद्धमाया सोङ्मी, शाखाकी पूर्वअध्यक्ष कोकिला ढकाल, निवर्तमान अध्यक्ष विप्लव भट्टराई, इलाम नगरपालिका-७ का वडाध्यक्ष नरेश श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

शाखा सचिव टीका खतिवडाले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष लोकेन थेबेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार