पाँचथरः जिल्लाका ३३ वटा कृषि सहकारी तथा समुहलाई सुन्तला नर्सरी व्यवस्थापन सम्बन्धी तालिम गराइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत कार्यान्वयन एकाई ताप्लेजुङ, प्राविधिक एकाई पाँचथरको प्राविधिक सहयोगमा सुन्तला जात फलफुल जोनको नर्सरी व्यवस्थापन तीन दिनको तालिम बुधबार सम्पन्न भएको छ ।
फिदिम नगरपालिका २ नम्बर वडास्थित ओदिनमा कार्यालय प्रमुख काँशीराम पाण्डेको अध्यक्षतामा तालिम संचालन गरिएको थियो । सुन्तला जोन कृषि अधिकृत विप्लव श्रेष्ठले समायोजन गरेको कार्यक्रम तालिम को-अडिनेटर प्रविधिक कैलाश न्यौपानेले गरेका थिए ।
कार्यक्रममा सुन्तला जोन व्यवस्थापन समिति अध्यक्ष अमर आङ्देम्वेले पाँचथरलाई प्रदेशकै सुन्तला उत्पादनको पहिलो स्थानमा पुर्याउने पहल गरिने बताए । प्रमुख अतिथि २ नम्वर वडाध्यक्ष दिननाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्लाका ३३ वटा कृषि सहकारी तथा कृषक समुहका प्रतिनिधिहरुको सहभागोता रहेको जनाइएको छ ।