असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा सरकार

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएको सहमतिका आधारमा असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको बताएका छन् ।

मङ्गलवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले आगामी असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमतिअनुसार त्यसअघि नै ऐन जारी गर्ने तयारीमा रहेको बताए ।

विद्यालय शिक्षा विधेयकमा समेट्न सकिने विषयमा सन्दर्भमा आफूहरू शिक्षक महासङ्घसँग निरन्तर वार्तामा रहेको उनले बताए । यसअघि आइतबार बसेको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मन्त्री पन्तले एक साताको समय माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार