माङसेबुङ : सिटिजन्स बैंक इन्टरनेशनल माङसेबुङ शाखाले इलामको माङसेबुङ गाउँपालिका-६ स्थित चिसोपानी माध्यमिक विद्यालयलाई २५ हजार रुपैयाँ बराबरको पुस्तक उपलब्ध गराएको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंकले चिसोपानी माविलाई कक्षा ११ र १२ का लागि एक सय ३० थान पुस्तक उपल्बध गराएको हो ।
मङ्गलबार विद्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक सरोज प्रधानले विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको बैंकका कर्मचारी रमेश अधिकारीले जानकारी दिए ।
विद्यालयको पुस्तकालयका लागि बैंकका तर्फबाट पुस्तक उपलब्ध गराईएको शाखा प्रमुख प्रधानले बताए ।