
इलाम : इलाममा जबरजस्ती करणी अभियोगमा एक युवक पक्राउ परेका छन् । इलाम नगरपालिका-४ का ३२ वर्षीय गोविन्द बिष्टलाई जबरजस्ती करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बिष्टले “इलाम र (०८१/०८२)” लाई जबरजस्ती करणी गरेको आरोप लागेको हो ।
इलाम जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिष्टलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका बिष्टलाई जिल्ला अदालत इलामबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी सञ्जिव बोगटीले जानकारी दिएका छन् ।























































