मादीमा जिप खस्दा तीनजनाको मृत्यु, दुई घाइते

  नयाँ बुलन्द
56 Shares

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ नम्बर वडा जोड्ने मादी पुलबाट नदीमा जिप दुर्घटना खस्दा तीन जनाको मृत्यु भएको छ । शनिबार राति करिब साढे ११ बजे जिप दुर्घटनामा परेको हो ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको उक्त जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् । घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ ।

त्यस्तै, चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा पाँचजना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार