माङसेबुङ गाउँपालिकाद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति आवेदन खुला

  नयाँ बुलन्द
203 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले चिकित्सा शास्त्र (एमबिबिएस) अध्ययनरत स्थानीय विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ। माङसेबुङ गाउँपालिकाको ‘छात्रवृत्ति सम्बन्धी ऐन २०८०’ को पहिलो संशोधन २०८२ को व्यवस्था अनुसार उक्त सूचना सार्वजनिक गरिएको हो ।

नेपाल सरकारद्वारा मान्यता प्राप्त कुनै पनि चिकित्सा शिक्षालयमा एमबिबिएस अध्ययनरत माङसेबुङ गाउँपालिका क्षेत्रका स्थायी बासिन्दाहरूले यो छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एसईई तथा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि, नेपालका मान्यता प्राप्त चिकित्सा शिक्षालयबाट एमबिबिएस अध्ययन गरिरहेको प्रमाणित कागजात र माङसेबुङ गाउँपालिकाको स्थायी बासिन्दा भएको पुष्टि गर्ने प्रमाणपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

स्थानीय तहबाटै दक्ष चिकित्सक उत्पादन गर्ने दीर्घकालीन सोचसाथ माङसेबुङ गाउँपालिकाले छात्रवृत्ति कार्यक्रम अघि सारेको जनाएको छ। आर्थिक अवस्था, शैक्षिक योग्यताजस्ता आधारमा मूल्यांकन गरी छात्रवृत्तिको छनोट प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

सूचना :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार