घुर्बिसे पञ्चमीः पाँचथरमा एक महिला लडेर गम्भीर घाइते भएकी छिन् । फाल्गुनन्द गाउँपालिका ४ नम्बर वडास्थित हेलाङ केराबारी टोलकी ४६ वर्षीया सम्झना चेम्जोङ (नेम्वाङ) घाइते भएकी हुन् । मंगलबार दिउँसो करीब ३:३० बजे घरबाट फाल्गुनन्द ५ कोप्चे माईती घर जाने क्रममा माइती घर नजिकै खोरखराङ भन्ने खोल्सीमा बाटोबाट लगभग एक सय ४० मिटर सडकदेखि तल भीरमा खस्दा टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएको प्रहरी चौकी फाक्तेपका प्रहरी सहायक निरिक्षक शेर बहादुर राईले जानकारी दिए । उनी लडेको स्थानीयबाट खबर पाएपछि प्रहारी चौकी फाक्तेपको टोली घटना स्थलमा पुगेर उद्धार गरी घुर्बिसे पञ्चमीमा प्रथामिक उपचार पश्चात साँझ ६ बजे थप उपचारका लागि झापा पठाइएको जनाइएको छ । घाइते नेम्वाङको ९ वर्ष उमेरको छोरा जीवन नेम्वाङ आमासंगै साथमा मावली जाँदै गरेका थिए । घटनाको बारेमा सम्बन्धीत निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।