मोटरसाइकल दुर्घटनामा एकै परिवारका दाजुभाइको मृत्यु

  नयाँ बुलन्द
1.3k Shares

नवलपुर : कावासोती नगरपालिका–११ लोकाहा निवासी एकै परिवारका दुई दाजुभाइको शनिवार साँझ मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ ।

रिठेपानी सडकखण्डमा भएको उक्त दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका २२ वर्षीय भाइ सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू सवार लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकल मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको कल्पटमा ठोक्किएको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार