इलाम : नेकपा (एमाले) फाकफोकथुम गाउँ कमिटीको आयोजनामा शनिबार शैक्षिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
पालिका भित्रका आधारभुत तह र माध्यमिक तहको ४२ वटा विद्यालयका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रध्यानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सातै वटा वडा वडाध्य, कार्यपालिका सदस्य, शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक लिला कोईराला, पालिका स्तरका पार्टीका प्रमुख, पेशागत संगठनका प्रमुखहरु उपस्थितीमा संवाद गरिएको हो ।
कार्यक्रममा महेन्द्ररत्न बहुमुखी क्याम्पस ईलामका पूर्वक्याम्पस प्रमुख तथा वरिष्ठ अधिवक्ता जसबहादुर लुङगेलीले सामुदायिक विद्यालय शिक्षालाई प्रभावकारी बनाउने उपायहरु बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका वक्ता गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले ३ वर्षमा शिक्षा सुधारका लागि गरिएको कामको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघका पालिका अध्यक्ष खगेन्द्र भट्टराई, नेपाल शिक्षक संगठन पालिका अध्यक्ष भीम चम्लागाई, धार्नेखोप आधारभूम विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रकाश बोहोरा, सिंहदेवी मावि आमचोकका प्रध्यानाध्यापक मोतिखर पाख्रेल, सिंहदेवी मावि सिकारी भञ्ज्याङका प्रधानाध्यापक डिकबहादुर राई, दृष्टि विहीन खगेन्द्र खनाल, दलित समन्वय समिति पालिका अध्यक्ष हेम कर्ण नेपाली, नेकपा एमाले जिल्ला सचिवालय सदस्य प्रेमराज लिम्बुले कार्यपत्रमा माथि सुझाव र टिप्पणी राखेका थिए ।
कार्यपत्रमाथि आएका टिप्पणी र सुझावहरु खेमराना मगर, अर्जुन थापा गौदार, केदार अधिकारी र राम पौडेलले गरेका थिए ।
कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै स्वागतसहित कार्यक्रमका अध्यक्षता नेकपा एमाले फाकफोकथुम अध्यक्ष अर्जुन योङहाङले गरेका थिए भने सञ्चालन सचिव ओम खनालले गरेका थिए ।