इलाम : नेपाल प्रेस युनियन इलाम शाखाको ११औं साधारणसभा शनिबार इलाममा सम्पन्न भएको छ। शाखा अध्यक्ष सविता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य भिमकुमार बाँस्कोटा प्रमुख अतिथि थिए।
कार्यक्रममा इलाम शाखाको इतिहासमा पहिलोपटक भित्ते पात्रो प्रकाशन गरिएको छ। प्रमुख अतिथि बाँस्कोटाले उक्त भित्ते पात्रोको विमोचन गरेका थिए।
साधारणसभामा शाखाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल प्रेस युनियन इलामका संस्थापक सदस्यहरू सोम सुशेली र कुबेर निरौला, पूर्व अध्यक्ष विप्लप भट्टराई, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष भिम चापागाईं, प्रेस चौतारी नेपाल इलामका सचिव खेमराज ढकाल, जिल्ला सहकारी संघका अध्यक्ष लिला प्रसाद थापा, ट्रेड युनियन कांग्रेस इलामका सचिव ढाकाराम न्यौपानेलगायत विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन शाखाका सचिव प्रकाश नेपालले गरेका थिए भने उपाध्यक्ष सुनिता मगरले स्वागत मन्तव्य राखेकी थिइन्।
अध्यक्ष पाण्डेले शाखाले आफ्नो स्थापनाकालदेखि नै पत्रकारहरूको हकहित र व्यावसायिकताको लागि काम गर्दै आएको बताइन्।
प्रमुख अतिथि बाँस्कोटाले इलाम शाखाले पहिलोपटक भित्ते पात्रो प्रकाशन गरेर महत्वपूर्ण काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि युनियनले पत्रकारहरूको क्षमता अभिवृद्धि र अधिकारको लागि थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले नयाँ वर्ष २०८२ को अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए।