पाठयक्रममा आदिवासी जनजातिको विषय समेट्न अध्ययन अनुसन्धान

इलाम : पाठयक्रममा आदिवासी जनजातिको अवस्था, इतिहासलाई कसरी समेट्न सकिन्छ भनेर आदिवासीको अध्ययन अनुसन्धान सुरु गरिएको छ ।

काठमाडौं विश्वविद्यालयमा स्नाकोत्तर तहमा आदिवासीको शिक्षा र विकास समेट्नका लागि जिल्ला जिल्लाबाट अध्ययन अनुसन्धान थालिएको हो ।

यसैक्रममा शुक्रबार इलाम सदरमुकाममा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन ललितपुर र नेपाल आदिवासी जनजाति महासंघ इलामले अन्तरक्रिया गरेको छ । काठमाडौं विश्वविद्यालयमा स्नाकोत्तर तहमा आदिवासीको शिक्षा र विकास कार्यक्रम सम्बन्ध छलफल तथा अन्तरक्रिया गरेको हो ।

हाल काठमाडौं विश्वविद्यालयमा स्नाकोत्तर तहको पहिलो वर्षमा आदिवासीको बारेमा अध्ययापन भइरहेपनि दोस्रो वर्षमा पनि अध्ययापन गराउन पाठ्यक्रम निर्माणको लागि जुटेको अवस्थामा अध्ययन थालिएको हो ।

पहिलो चरणमा कोशी प्रदेशको इलाम, सुनसरी, संखुवासभा र धनकुटामा अध्ययन गरिने काठमाडौं विश्वविद्यालयका प्रोफेसर इन्द्रमणी राई र डा. लिना गुरुङ जुटेका हुन् ।

सोही क्रममा इलामस सदरमुकाममा छलफल गरिएको हो । छलफलका क्रममा पाठ्यक्रममा आदिवासीको भोगाई, आदिवासी जनजाति पछि पर्नुको कारण, आदिवासीको सीप, ज्ञान जस्ता कुराहरुलाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव दिएका थिए ।

समुदाय स्तरबाट आएका सल्लाह, सुझावलाई मध्यनजर गरेर पाठ्यक्रम निर्माणमा जुटिने प्रोफेसर राईले बताए ।

कार्यक्रममा महेन्द्ररत्न बहुमुखी क्याम्पस पूर्व क्याम्पस प्रमुखहरु युद्धप्रसाद वैद्य, जसबहादुर लुङगेली, मानव अधिकारकर्मी मोहनसिंह थेवेसहित हिराकाजी घले, जसबहादुर राईलगायतले सुझाव राखेको महासंघका उपाध्यक्ष भक्त थामीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार