गणेश तुम्रोक पुनः वाइसीएल पाँचथरको अध्यक्ष 

  नयाँ बुलन्द
112 Shares

 

पाँचथरः नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल पाँचथरको अध्यक्षमा गणेश तुम्रोक पुनः चयन भएका छन्।

बुधबार फिदिममा सम्पन्न तेस्रो जिल्ला सम्मेलनबाट तुम्रोक दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्।

सम्मेलनबाट उपाध्यक्षमा राजन तिखत्री, आयुष्मा आङदेम्बे, वालेनहाङ लावती, सचिवमा ग्याल्जेन शेर्पा, सह–सचिवमा सागर जबेगु, बसन्त आङबो, प्रकाश भट्टराई,भीम बेघा, विनोद माङ्मु र कोषाध्यक्षमा अनिता तुम्बापो चयन भएका छन्। नव निर्वाचित जिल्ला समिति ५१ सदस्यीय रहेको छ।

सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम)ले गरेका थिए। कार्यक्रममा प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो), पाँचथर जिल्ला इञ्चार्ज सीता थेबे, जिल्ला समन्वय समिति संयोजक विशाल रसाइलीलगायतले  नवनिर्वाचित समितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार