इटहरी : पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको वताएका छन् ।
शनिबार जसपा, नेपालले धरानमा आयाेजना गरेकाे प्रदेश नं. १ स्तरीय कोशी नाम र केवलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
शक्ति र बहुमतको बलमा जवरजस्त पेल्न खोजे जनताको आवज सामान्य र कमजोर छ भन्नेलाई भोली तेहि आवाजले विस्फोट हुदा खरानी वनाइदिने चेतावनि समेत दिएका छन् ।
कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनःनामकरण यात्रा अगाडी बढने अध्यक्ष यादवको दावी रहेको छ । प्रदेश नामाकरण कुनै खोला, नाला कुल कुलेसोको आधारमा नामाकरण गर्नु नहुने बताए ।
पहिचान विनाको मानव सभ्यता र समुदाय नहुने तर्क गर्दै नेकपा एमाले र कांग्रेसले पहिचान मेटाउने प्रयास गरेको आरोप समेत अध्यक्ष यादवले लगाएका थिए । यस्तै अव्यवहारीक र अवैज्ञानिक नामाकरण र सिमाङकनलाई पुनःसंरचना आयोगले संरचनाको आधारमा नामाकरण र सिमाङकन गर्ने दावी समेत अध्यक्ष यादवले गरेका छन् ।
यादवले प्रदेश नामाकरण मात्र होईन ७ वटै प्रदेशको सिमाङकन समेत गलत भएको जिकिर समेत गरेकाछन् । यादवले केवलकार निर्माण गरेर मुक्कुमलुङको पहिचान मेटाउनु हुँदैन भन्ने आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताउदै केबलकार निर्माण गरे आन्दोलनको विगुल जसपाबाट अझै सशक्त्त हुने चेतावनि समेत दिएका छन् ।
कोशी नाम र केबलकार खारेज तथा पहिचान कार्यदिशा बिषयक विचार गोष्ठीले पहिचान प्रतिनिधित्व र सामाजीक न्यायको आन्दोलनको बल दिदै बाटो दर्शाउने यादवको भनाई रहेको छ ।
गोष्ठीका अर्का व्यक्ता खगेन्द्र संग्रौलाले प्रदेश पुन नामाकरण गर्न बहुमत हुनु पर्ने बताए ।
संग्रौलाले कोशी नामाकरण खारेजी गर्न कि ठुलै मानव सागरको आन्दोलन भए मात्र कोशी नामाकरण खारेज हुने नत्र २०८४ मा पार्टीले बहुमत ल्याएमात्र सम्भव हुने स्पष्ट पारेका थिए ।
यादवले पहिचानवादी शक्ति एक ठाउमा उभिएर बुहमत ल्याउन आवश्यक रहेको वताए । पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले १ नं प्रदेश पुनः नामाङ्कन नभएसम्म आन्दोलन जारी रहने वताए ।
यसैगरी नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पनि प्रदेश १ काे पुनः नामाङकन नभएसम्म पहिचानवादीकाे आन्दाेलन निरन्तर जारी रहने बताए ।
गोष्ठीमा वक्ताहरु पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु रहेकाे प्रेस मञ्चका अध्यक्ष कमन देवानले बताए । कार्यक्रम सञ्चालन जसपा, नेपालका धरान अध्यक्ष ताजुव लिम्बुले गरेका थिए ।