वैशाख : संयुक्त पहिचानवादी मोर्चा इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलामस्थित फ्रेण्डस् होटलको सभाहलमा आयोजित कार्यक्रममा सन्तराम योङहाङको संयोजकत्वमा समिति बनेको हो ।
नवगठित समितिको सहसंयोजकहरुमा दोर्जे मोक्तान तामाङ, शेरबहादुर लोक्ताम, तिलरुपा सवेनहाङ, रमेश नेम्बाङ, नरेन्द्र राई, सन्जिता पन्धाक, फुलमाया काफ्ले तामाङ चयन भएका छन् भने सदस्य सचिवमा अमृत तामाङ त्यसैगरी सहसचिवहरुमा कुमार फत्र लिम्बु र रणधोज खाम्दाक रहेका छन् ।
यसैगरी उक्त कार्यक्रमले ७७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा ईलाम जिल्ला संयोजन समिति गठन भएको जनाइएको छ ।
कार्यक्रममा मोर्चाका नेताहरु डकेन्द्र सिंह थेगिम, ज्ञान बहादुर गुरुङ्, खगेन्द्र माखिम, मा राजकुमार नाल्बो, एल.बी. पालुङ्वा, टुपेन्द्र एक्तेन, भवि तुम्सा, गंगा सेर्मा राई, शुस्मा राई र शर्मिला आङदेम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।