कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा

  नयाँ बुलन्द
42 Shares

काठमाडौँ : कक्षा १२ को परीक्षाका लागि तोकिएका दुई जना केन्द्राध्यक्षले राजीनामा दिएका छन् । दैलेख र धनकुटाका केन्द्राध्यक्षहरूले राजीनामा दिएका हुन् । दैलेखको आठबीस नगरपालिकाको तिलेपाटास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले शिक्षक आन्दोलनलाई समर्थन गर्दै केन्द्राध्यक्षबाट राजीनामा दिएका हुन् ।

त्यस्तै धनकुटाको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले समेत केन्द्राध्यक्ष पदबाट राजीनामा दिएका हुन् । दुवै जनाले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । राजीनामा पत्रमा उनीहरुले परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई हुकुमी शैलीमा परीक्षा केन्द्रमा जान आदेश दिएको भन्दै त्यस्तो अवस्थामा जान सकिने भनेका हुन् ।

गत चैत २० गतेदेखि सडक आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । तर, बोर्डले भने जसरी भए पनि परीक्षा गर्ने अडान लिएको छ ।

Nabil bank
Shivam Cement
Laxmi sunrise bank 2034

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार