यसोकमा जेठ २ गतेदेखि ‘छैटौं कुम्मायक रनिङ गोल्डकप-०८२’  

प्रथम पुरस्कार एक लाख २५ हजारसहित २०० तोला चाँदीको रनिङ ट्रफि

  युद्धबहादुर बोहोरा
119 Shares

पाँचथरः  पाँचथरको यासोकमा ‘छैटौं कुम्मायक रनिङ गोल्डकप  ०८२’  फुटबल प्रतियोगिता जेठ २ गतेदेखि संञ्चालन हुने भएको छ । छैटौं संस्करणको प्रतियोगिता संचालन सम्बन्धमा आइतवार फिदिममा प्रेसमिट मार्फत आयोजक कुम्मायक स्पोर्टिङ क्लबले जानकारी गराएको हो।

विगत छ वर्षदेखि संचालन भएको यस प्रतियोगितामा जिल्लाका आठ स्थानीयतह मध्ये मिक्लाजुङ गाउँपालिका वाहेक सात वटा स्थानीयतह र अतिथि टिम तेह्रथुमको म्याङलुङ नगरपालिकासहित  आठ टिम प्रतियोगितामा सहभागी हुने छन् । प्रेसमिटसंगै खेल तालिका गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीको प्रमुख आतिथ्यतामा गोला प्रथाबाट सार्वजानिक गरिएको हो ।

गोल्डकप प्रतियोगिताको विजेताले नगद एक लाख २५ हजार ५५५ रुपैंया र दुई सय तोला चाँदीको रनिङ ट्रफि पाउने छ । उपविजेताले ७५ हजार ५५५ रुपैयाँ र ट्रफिमा चित्त बुझाउन पर्ने छ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार,विधागत उत्कृष्ट खेलाडी तर्फ पाँच हजार,म्यान अफ द म्याच तीन हजार र फ्यान अफ द म्याच एक हजार रुपैंया प्रदान गरिने भएको छ । पहिलो खेलबाट बाहिरीने सहभागी टिमलाई १५ हजार र दोस्रो चरण प्रवेश गर्ने टिमलाई दिनको १० हजारका दरले खेलाडी व्यस्थापन वापत खर्च दिइने जनाइएको छ ।

कुम्मायक ४ नम्बर वडास्थित पृथ्वी माविको खेल मैदानमा संचालन हुने प्रतियोगिताको फाइनल खेल जेठ ५ गते हुने छ । प्रतियोगितामा करीब २२ लाख ८४ हजार ६१० रुपैंया खर्च लाग्न सक्ने आयोजकको अनुमान  छ । खेल आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति पाँचथर, जिल्ला फुटबल संघ पाँचथर,स्थानीय संघसंस्था,व्यावसायी,खेलप्रेमी र कुम्मायक गाउँपालिकाको साझेदारी एवं सहयोगमा हुने छ । २०७४ सालमा दर्ता भएको यस क्लबले सामाजिक कार्य,तथा खेलकुद गतिविधि गर्दै स्थानीय र उदीयमान खेलाडीलाई अवसर दिने उदेश्यले “आठ वटा स्थानीय तहको सहभागीता कुम्मायकको शान, स्थानीय खेलकुद विकासमा कुम्मायक स्पोर्टिङको अभियान” नाराका साथ खेलकुद आयोजना गरिरहेको क्लबका अध्यक्ष खेमराज निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार