गभर्नर बन्ने पक्का भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

स्रोतका अनुसार सत्तारुढ दल कांग्रेस र एमालेबीच उनलाई गभर्नर बनाउने लगभग पक्कापक्की भएपछि उनले राजीनामा दिएका हुन्।

प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार साँझ भट्टको नाममा सहमति भएको थियो।

अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको गभर्नर नियुक्ति समितिले भट्टसहित अन्य २ जनाको नाम गभर्नरमा सिफारिस गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार