इलाम : सन्दकपुरको रमणीय डाँडामा लालीगुराँसहरू फुलेका थिए । त्यहाँको प्राकृतिक सुन्दरताले जो कोहीलाई पनि मोहित पार्दथ्यो । तर, त्यही सुन्दरताको बीचमा एउटा मन भने उदास थियो । त्यो मन थियो सोमिता रोए चौधरीको, जो भारतको कोलकाताबाट सन्दकपुर घुम्न आउनुभएको थियो ।
उहाँको मनमा घरपरिवारको यादले डेरा जमाएको थियो । उहाँलाई आफ्ना आफन्तहरूसँग कुरा गर्न मन थियो । तर, सन्दकपुरको डाँडामा मोबाइलको नेटवर्क थिएन । उहाँले आफ्नो मोबाइलमा मात्र नेटवर्क खोज्ने प्रयास गर्नुभयो, छेउमै रहनुभएकाे उहाँसँगै सन्दकपुर पुग्नुभएका इलाम बजारका आयुस फुयलकोे मोबाइलमा समेत नेटवर्क खोज्ने प्रयास गर्नुभयो तर, असफल हुनुभयो ।
केही दिनअघि मात्रै सन्दकपुरमा पदमार्गमा आधारित दोस्रो रेडपाण्डा महोत्सव सम्पन्न भएको थियो । महोत्सवले सन्दकपुरमा पाइने लोपउन्मुख रेडपाण्डा र सन्दकपुरको प्राकृतिक सुन्दरतालाई विश्वभर चिनाएको थियो । तर, सोमिताको लागि यो सुन्दरता एकाकीपनको पीडा बनिरहेको थियो ।
उहाँले आफ्नो मनको भावनालाई व्यक्त गर्दै भन्नुभयो, “फोन सम्पर्क नहुँदा मन आत्तिन्छ । यहाँ आएको केही दिन भयो, घरको खबर बुझ्न पाएको छैन ।” उहाँको अनुहारमा उदास छाएको थियो ।
सन्दकपुरको प्राकृतिक सुन्दरताले उहाँलाई आकर्षित गरे पनि, मोबाइल नेटवर्कको अभावले उहाँको यात्रालाई खल्लो बनाएको थियो । उहाँले भन्नुभयो, “यो ठाउँ यति सुन्दर छ, तर यहाँ मोबाइल नेटवर्कको सुविधा नहुँदा कति पर्यटकहरूले यस्तै पीडा भोग्नुपर्ला ।”
यता अर्का इलामको पर्यटन विकासमा कमल चलाउँदै आउनुभएका पत्रकार सुजन तिमल्सिनाले गोजीको फोन झिक्दै भन्नुभयो–‘यहाँ मोवाइल नेटवर्क टिप्दैन ,पर्यटन विकासका लागि संचार सुविधा अनिवार्य भएपनि मोवाइल नेटवर्क नहुँदा पर्यटकलाई समस्या त छदैछ उहाँहरुलाई डुलाउने सहयोगी झनै समस्यामा हुने गर्छन् । उहाँ भन्नुहुन्छ “ सन्दकपुर गाउँपालिका र केचना कंचनजंघा पर्यटन विकास समितिको समन्वयमा माईपोखरीबाट शुरु भएर जौबारी जोड्ने रेडपाण्डा पदमार्ग संचालन गर्दा आइपर्ने समस्या के के हुन भन्ने अध्ययन गयौँ, त्यसमा संचार सुविधा मुख्य समस्या रहेको छ ।’ रेडपाण्डा पदमार्गको शुरुवात भएको क्षेत्र माईपोखरी, टप्पु, हिले, छोक्रेभञ्ज्याङ्ग, गोरुवाले, धुपि, दोबाटे, कैयाकट्टा र गैरीबास क्षेत्रमा मोवाइल नेटवर्क लाग्दैन उहाँले भन्नुभयो–‘जंगलको बिच भएर पदयात्रा गर्न पर्यटक आकर्षित छन् तर संचारको सुविधा नहुँदा अलि समस्या रहेको छ । उहाँ भन्नुहुन्छ,‘पर्यटन प्रवद्र्धनमा संचारको सुविधा अति आवश्यक छ तर नेपाल टेलिकमको ध्यान पुगेको छैन ।’
यो मर्म स्पर्सी बेदना हो इलामको सन्दकपुर गाँउपालिकाको । पदयात्रामा आधारित महोत्सव करिब ४ दिनको थियो । त्यही यात्राका क्रममा पालिकाका दर्जनौ पर्याटकीय क्षेत्रहरुलाई एउटै मालामा गासेको पदमार्गमा पदयात्री बनेर नेपाल र भारतका ३० जना बढि सहभागी भएर यात्रामा निस्एिका यात्रीहरु समेत त्यही फोनको चपेटामा परेका थिए । पदमार्गले छोउको बिभिन्न ठाँउमा नेपालको कुनैपनि सिममा नेटवर्क नआउदा समस्या भएको पदयात्रा ब्यबस्थापन संयोजक रमेश भट्टराईले बताउनुभयो । भट्टराईले भन्नुभयो,“गाँउपालिकको बिभिन्न स्थानमा नेटबर्क आउदैन यस्ले स्थानिय सहित सन्दकपुर घुम्न आएका पयृटकलाई समस्या हुदै आएको छ । फोन नचल्दा कोही समस्यामा परे भने समेत समयमा उदार गर्न समेत कठिनाई हुने गर्दछ ” ।
सन्दकपुर गाँउपालिकाका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बञ्चित भएका छन् । सन्दकपुर र पाँचथरको फालेलुङ्ग गाँउपालिकाको सिमामा पर्ने गोरुआले भञ्याङ्गका रतन गुरुङ्गले पर्यटकीय क्षेत्रका हिसाबले सन्दकपुर अगाडी रहेको भएपनि बिकाशका हिसाबमा अझै पछाडिनै रहेको बताउनुहुन्छ । गुरुङ्ग भन्नुहुन्छ, ‘पर्यटकीय हिसाबमा जिल्लाकै अगाडि रहेपनी हामी मोबाइल नेटवर्कले भने पछाडि पारेको छौ, गाउँका कुनाकुनामा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन’, ।
सन्दकपुर गाँउपालिकाको छोक्र्रे भञ्याङ्ग, छिन्टापु, गोरुआले भञ्ज्याङ, बिखे, आलटार, दोबाटे, कैयाकट्टा,हिले र गैरीबासमा मोबाइलको नेटवर्क टिप्दैन टिपेपनी कसै सँग सम्पर्क स्थापित गर्न निकै सकस पर्दछ । यस्तै पालिकाकोे माइपोखरी क्षेत्रसहित पालिकाको केन्द्र रहेको देउरालीका केही क्षेत्रमा समेत नेटवर्कको समस्या रहेको सन्दकपुर गाँउपालिका बडा नं २ का वडाध्यक्ष सनम राईले बताउनुभयो । ‘मेरो पालिकाको एक दर्जन गाउँमा फोन सेवा छैन,’ उहाँले भन्नुभयो, ‘भएको ठाँउमा पनि नेटर्वक समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।’ उहाँले झण्डै तीन /चार हजार जनसंख्या सञ्चार सेवा फोनबाट बञ्चित रहेको बताउनुभयो ।
नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकमलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । वडाध्यक्ष राईले भन्नुभयो, ‘विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौ पर्यटकीय क्षेत्रहरुले भरिपुर्ण हाम्रो पालिका नेटर्वकको समस्याबाट भने अझै ओझेलमा छ । देश बिदेश बाट हजारौ पर्यटकहरु सन्दकपुर घुम्न आउनुहुन्छ तर मोबाइल सम्पर्क बाट भने टाडा नै रहनुपर्ने बाध्यता रहेको छ ।’
यता दूरसञ्चार कार्यालय इलामकाका सुचना अधिकारी दिपक न्यौपाने सन्दकपुर गाँउपालिकामा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताउनुभयो । उहाँले कार्यालयले पनि नेटवर्क नभएको ठाँउमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाँउलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिनुभयो । अहिले ३ वटा भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने उहाँकोे भनाइ छ ।
उता सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले गाउँपालिकाको १,२ वटा वडा बाहेक पालिकाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताउनुभयो । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान हुने विस्वास रहेको बताउनुभयो ।