उत्तरे सामुदायीक वनका अध्यक्ष सहित ६ जना पुर्पक्षका लागि थुनामा

  नयाँ बुलन्द
1k Shares

इलाम : इलामको माईजोगमाई गाउँपालिकाको नयाँ बजार स्थित  उत्तरे सामुदायीक वनका अध्यक्ष सहित ६ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । उत्तरे सामुदायीक वनको रुख कटान आदेश नभइकन कटान भएको आरोपमा उनीहरुलाई जिल्ला अदालत इलामले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सामुदायीक वनका अध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र २ जना सदस्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको हो ।

सामुदायीक वन उपभोक्ता समितिले २ सय ९५ क्यूफिट काठ र २ सय ७० भारी दाउरा कटान गर्ने निर्णय गरि कटान आदेशका लागि डिभिजन वन कार्यालयमा सिफारिस गरेकोमा निर्णय नभइ रुख कटान भएको अनुसन्धानमा खटिएका एक अधिकृत जानकारी दिए । उपभोक्ता समितिले २७ सय ७ क्युफिट रुख कटान भएको अनुसन्धानमा उल्लेख छ । सामुदायीक वनमा सल्लाका रुख २ सय ६ र कटुसको रुख ३ वटा कटान भएको अनुसन्धानमा उल्लेख छ । कटान आदेश बिना रुख कटान गरिएको भन्दै डिभिजन वन कार्यालयले ५ लाख ४१ हजार बिगो मागदाबि सहित २०८० चैत्र ३१ गते जिल्ला अदालतमा पेश गरेको थियो । लोकलसन्देश बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार