समाजसेवी लिलीस चेम्जोङद्वारा टीका भैरुङका विद्यार्थीलाई पोषाकसंगै शैक्षिक सामग्री वितरण

  युद्धबहादुर बोहोरा
182 Shares

 

पाँचथरः  फाल्गुनन्द गाउँपालिका ५ कोप्चे निवासी स्थानीय समाजसेवी लिलीस चेम्जोङले टीका भैरुङ आविका विद्यार्थीलाई पोषाकसंगै शैक्षिक सामग्री वितरण गरेका छन् । यस विद्यालयका पूर्वविद्यार्थी समेत रहेका समाजसेवी चेम्जोङले २० हजार रुपैंया  मुल्य बराबरको शैक्षिक सामग्री उपलब्ध गराएका हुन् । विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन साथै शैक्षिक गुणस्तर सुधारमा सहयता पुर्याउने उदेश्यले उनले ट्र्याकसुट र भेष्टसहित विविध शैक्षिक सामग्री वितरण गरिएको प्रधानध्यापक हर्क बहादुर चेम्जोङले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबल चेम्जोङको अध्यक्षतामा महिला वडासदस्य गंगामाया थेवे चेम्जोंको प्रमुख आतिथ्यतामा शिक्षक अभिभावक संघका अध्यक्ष,अभिभावक, स्थानीय समाजसेवी लगायतको उपस्थितिमा मंगलवार एक कार्यक्रमको आयोजना गरी नौ जना छात्राछात्रलाई सामग्री हस्तान्तरण गरिएको छ ।

यस पालिकाको ५ नम्बर वडामा २०२६ सालमा स्थापना भएको विद्यालय केही वर्ष अघिदेखि विद्यार्थी संख्या न्यून हुँदै गएपछि बन्द हुने अवस्थामा पुगेको थियो । संस्थालाई जीवित राख्न सरोकारवाला, स्थानीयवासी, विद्यालय परिवार,व्यवस्थापन समिति,शिक्षक अभिभावक संघलगायको प्रयासबाट हालको अवस्थामा भने संस्थामा विद्यार्थी संख्या दिनानु दिन बृद्धि भइ सुधार तर्फ उन्मुख भएको छ । गत वर्ष यसै विद्यालयका पूर्वविद्यार्थी हाल दक्षिण कोरियामा कार्यरत स्थानीय पाँच जनाले दाताले २५ हजार रुपैंया बाराबरको शैक्षिक सामग्री सहयोग गरेपछि निरन्तर सहयोग गर्नेहरुको लहर थपिएको छ ।

सहयोगीहरुले आफ्नो ग्रामीण क्षेत्रको विद्यार्थीलाई गरेको सहयोगले विद्यार्थी र शैक्षिक संस्थालाई राहत मिलेसंगै उत्साह थपिएको अभिभावकहरु बताउँछन् ।  दाताले गरेको सहयोगको उच्चसम्मान गर्दै विद्यालय परिवारले उनीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । आगामी दिनमा पनि सरोकारवालाले  सहयोग गरिदिन आग्रहसहित अपेक्षा गरिएको प्रअ चेम्जोङले बताए ।

पछिल्लो समयमा देशभरका सरकारी विद्यालमा विद्यार्थीको आकर्षण खच्किरहेको  बेला सरोकारवालले ऐक्यवद्धता जनाएमा सामुदायिक शैक्षिक संस्था जोगाउँन सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ  । अस्ताउँन लागेको यस विद्यालय प्रति स्थानीय र सरोकारवालाले देखाएको चासो आजभोली यस क्षेत्रको उदाहरणीय कार्य भएको भन्दै शिक्षासेवीहरुले प्रशंसा गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार