इलाममा १२ वर्षीया बालिका बलात्कार आरोपमा २० वर्षीय युवक पक्राउ


इलाम : इलाममा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामले दिएको जानकारी अनुसार रोङ गाउँपालिका वडा नम्बर ३ भालुझोडाका आर्यन लाप्चालाई बुधबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, लाप्चाले गत चैत्र २५ गते १२ वर्षीया बालिका ‘ड’ लाई जबरजस्ती करणी गरेको आरोप छ। घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले लाप्चालाई उनको घरबाटै नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत इलामबाट १० दिनको म्याद थप गरी प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै थप अनुसन्धानलाई तीव्रता दिएको समेत जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार