आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो

  नयाँ बुलन्द
42 Shares

काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू आवको सोही अवधिमा ८ अर्ब रुपैयाँ बढी रकम विदेश पुगेको छ।

चालू आर्थिक वर्षको ८ महिनामा ८८ अर्ब ९८ करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्ब १८ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।

Laxmi sunrise bank 2034

खुद सेवा आय ।७५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको थियो।

Shivam Cement

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.७ प्रतिशतले वृद्धि भई ५६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ६९ करोड रुपैयाँ थियो।

Nabil bank

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २०.६ प्रतिशतले वृद्धि भई रु.१४८ अर्ब ११ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ८८ अर्ब ९८ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १२२ अर्ब ८१ करोड रहेकोमा शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार