इलाका प्रशासन कार्यालय मङ्गलबारेको भवन शिलान्यास

  नयाँ बुलन्द
455 Shares

इलाम : इलामको मङ्गलबारेस्थित इलामका प्रशासन कार्यालय मङ्गलबारेको भवन निर्माण हुने भएको छ ।

देउमाई नगरपालिका-४ स्थित मङ्गलबारे बजारमा निर्माण हुन लागेको भवनको बुधबार एक कार्यक्रमबीच शिलान्यास भएको छ ।

देउमाई नगर प्रमुख सूर्यप्रसाद पोख्रेल, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ र उपप्रमुख पविमाया राईले संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन् ।

नेपाल सरकार गृह मन्त्रालयको एक करोड २१ लाख ५१ हजार नौ सय ४८ रुपैयाँ (भ्याट बाहेक) को लागतमा एकतले पक्की भवन निर्माण हुन लागेको देउमाई नगरपालिका सूचना अधिकारी गोविन्द बाँस्तोलाले जानकारी दिए ।

एनडी इन्जिनियरिङ एण्ड विल्डर्स प्रालि काठमाडौंले निर्माणको ठेक्का पारेको भवन आगामी असार १५ गतेसम्म सम्पन्न गर्नगरी सम्झौता भएको छ ।

भवन निर्माणका लागि स्वर्गीय चन्द्र प्रधानले नि:शुल्क उपलब्ध गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार