लेकाली क्षेत्रमा खर्क बनाएर पशुपालन गर्ने चलन घट्दै

  नयाँ बुलन्द
56 Shares

इलाम : बाक्लो गरी लेकाली क्षेत्रमा खर्क बनाएर गोठमा पशुहरु पाल्ने चलन इलामका उच्च पहाडी क्षेत्रमा घट्दै गएको छ । लेकाली क्षेत्रमा पशुपालन गर्ने चलन पूर्वी पहाडमा परम्परागत रुपमा भएपनि वर्षेनी घट्दै गएको हो ।
इलामका माईजोगमाई, सन्दकपुर गाउँपालिका, इलाम र सुर्योदय नगरपालिका भित्रका उच्च पहाडी क्षेत्रमा गोठ राखेर पशुपालन गर्ने चलन छ । वनजंगल संरक्षणका लागि समुदायमा हस्तान्तरण हुनु, नयाँ पुस्तामा आकर्षण नहुनु र सरकारी निकायले गोठ पालनलाई प्रोत्साहान नगर्दा पशुपालन घटेको हो । राम्रोसँग आम्दानी हुने भएपनि नयाँ पुस्ताको आर्कषण हुन नसकेको सन्दकपुर २ छिन्टापुका तारिकबहादूर नेम्बाङले बताए ।

१० वर्ष अघिबाट लेकाली क्षेत्रमा गोठहरू पातलिदै गएका हुन् । औलमा घर भएकाहरू लेक चढेर पशुपालन गर्ने चलन रहेको छ । तर लेकाली क्षेत्रमा दुखमा बसेर काम गर्ने रुचि नयाँ पुस्तामा घट्दै गएको हो । चिनको तिब्बतको सिको गर्दै लेकमा चौँरी, भेडि र गाई गोठ पाल्ने चलनको विकास भएको थियो । पशुपालनबाट राम्रो आम्दानी हासिल भएपनि चरन क्षेत्र घट्दै गएकाले समस्या भएको गोठ संचालक राज कुमारी राईले बताइन् ।
पुख्र्यौली विरासतको संरक्षणका लागि थोरैले मात्र गोठ पाल्ने गरेका छन् । लेकाली क्षेत्रका जंगलमा वन्यजन्तु संरक्षणको कामसँगै वन क्षेत्र वृद्धि हँुदा गोठहरु पातलिँदै गएका हुन् । उच्च पहाडी क्षेत्रमा गोठ सञ्चालन गर्नुपरेकाले स्वास्थ्य, शिक्षा, सञ्चार लगायतको पहुँच कम हुँदा गोठमा बस्ने मान्छेहरुको रुची हराउदै गएको हो । दुध जन्य वस्तुको उत्पादन, मासुको उत्पादन तथा बिक्री वितरण गोठको मुख्य आम्दानी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार