गृह मन्त्रालयले भन्यो- दुर्गा प्रसाईंलाई कानुनी दायरामा ल्याइन्छ

गृह मन्त्रालयले दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै गृहले प्रसाईंलाई कारबाही दायरामा ल्याइने बताएको हो।

राजसंस्था पुनर्स्थापनालगायत मागसहित प्रसाईंको नेतृत्वमा शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु भएको छ भने व्यक्तिका घर, सञ्चार गृह तथा सरकारी र निजी सवारी साधनमा आगजनी भएका छन्।

प्रसाईंले प्रदर्शन नेतृत्व गरेको र गाडी हुइँक्याएर प्रहरीको घेरा तोड्दै प्रहरीलाई मार्न खोजेको गृहको आरोप छ।

Nchl

 

Ncell

 

गृह मन्त्रालयका सहसचिव छविलाल रिजालले प्रसाईंलाई कानुनी दायरामा ल्याइने बताएका हुन्। तीनकुनेको प्रदर्शनमा १५ सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ। साथै प्रदर्शनमा १० देखि १२ हजार मानिस आएको आकलन गृहको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार