राजावादीको प्रदर्शनले अशान्त काठमाडौँ

काठमाडौँ । वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन भएका छन् । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् ।

तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले एकीकृत समाजवादीको कार्यालयका साथै केही घरमा आगजनी र तोडफोड गरेका छन् । स्थिति नियन्त्रणबाहिर गएसँगै तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत आबद्ध छन् ।

गणतन्त्र पक्षधरको आन्दोलन भने शान्तपूर्ण रुपमा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार