प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ नदिएसम्म संसद् चल्न सक्दैन – प्रचण्ड

  नयाँ बुलन्द
98 Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले संसद्मा आएर कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सहज रूपमा लिनुपर्ने बताए ।

उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरू टुङ्ग्याएर आफू सिंहदरबारबाट निस्किए लगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए । आफू सिंहदरबारबाट निस्किए लगत्तै मन्त्रिपरिषद् बैठक बोलाएर हटाउनु नहुने र केही दिन पर्खिएको भए हुने उनको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्रीले आएर रोष्टममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढङ्गले लिनुपर्ने हुन्छ । उनले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्त बुझ्दो भयो तुरुन्तै हाउस चल्छ, जालझेलको भयो भने आन्दोलन अघि बढ्छ । यो पटक पनि बढा चिन्तित र दुःखित छु । टीआरसीको लागि भनेर प्रधानमन्त्रीले खबर गर्नुभयो । कुलमानजीको विषयमा अब महिनापछि समय सकिँदै छ, कुलमानजीकै पक्षमा जनमत छ, अपमानित गर्नु हुँदैन, पुरस्कृत गर्नुपर्ने मान्छेलाई । टीआरसीको विषयमा मात्रै कुराकानी भयो । त्यसमा समझदारी बनेपछि म उठेर हिँडे । त्यो बाहेक केही एक शब्द उच्चारण गरेको होइन । तर म निक्लिने बित्तिकै मन्त्रीपरिषद्को बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एक पटक निकै ठूलो जालझेल भएको महसुस मलाई भयो । एक दुई दिन पर्खिएको भए पनि हुन्थ्यो । म सिंहदरबार गएर टीआरसी टुङ्ग्याएको लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । त्यही दिन नै राप्रपाको ज्ञानेन्द्र शाही लगायतले भने प्रचण्डले टीआरसीसँग कुलमान साट्यो । यो भन्दा झुटो, बेइमानीपूर्ण प्रचार केही हुनसक्छ । सत्यको पक्षमा बोली दिनुहोला ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार