जबरजस्ती करणीको आरोपमा एक र घटना मिलाउन खोज्ने तीन पक्राउ

  नयाँ बुलन्द
231 Shares

इलाम : नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना र सो घटनालाई गाउँमै मिलाउन खोज्ने पीडक पक्षका तीन जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जबरजस्ती करणीको आरोपमा इलामको माई नगरपालिका-२ का २४ वर्षीय केशव गिरी पक्राउ परेका छन् । त्यस्तै सो घटनालाई गाउँमै मिलाउन पीडित पक्षलाई नगद दिने माई नगरपालिका-२ का ५८ वर्षीय केदारनाथ गिरी, ४३ वर्षीय नारायण गिरी (यादव) र ३८ वर्षीय तुलाधर अर्याल (पाँचथरे) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायक उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार इलाम प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई इलाम र झापाको सिमाना सुखानीमा लुकीछिपी बसेको अवस्थामा फेला पारि पक्राउ गरिएको राईले जानकारी दिए।

त्यस्तै, उक्त घटना सामसुम बनाउन पीडक पक्षलाई दिएको  तीन लाख पीडितको आमाको साथबाट बरामद गरिएको समेत प्रहरीले जनाएको छ ।

चैत ६ गते साँझ साढे ६ बजे माई नगरपालिका-२ स्थित चिया बगानमा एक नाबालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको भनी पीडितको आमाले चैत ९ गते जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार