नेपाल निजामती कर्मचारी सङ्गठन फाकफोकथुमको अध्यक्षमा दिपक राई

  नयाँ बुलन्द
210 Shares

इलामः नेपाल निजामती कर्मचारी सङ्गठन फाकफाेकथुम गाउँपालिकाको अध्यक्षमा दिपक राई सर्वसम्मत चयन भएका छन् ।
शनिवार सम्पन्न पालिकाको दाेस्राे अधिवेशनबाट अध्यक्षमा राई,उपाध्यक्ष मनिषा दर्लामी,सचिव बिमल घिमिरे र काेषाध्यक्षमा किसन लिम्बू चुनिएका छन् ।
सदस्यमा लक्ष्मी श्रेष्ठ, बिना पिठाकाेटे,गाेबिन्द लामिछाने,बबिता भण्डारी, बम बहादुर राई, दिवश याेगी,छत्र दर्नाल, तिल बिक्रम थेगिम र वसन्त भट्टराई चयन भएका छन् ।
सल्लाहकार समितिको संयाेजकमा इन्द्र प्रसाद पाेखरेल छन् भने सदस्यमा लक्ष्मी प्रसाद शर्मा र खगेन्द्र निराैलालाई छानिएको सचिव विमल घिमिरेले जानकारी दिए ।
निजामती कर्मचारीहरूको हक, हित तथा सेवा सुरक्षाका लागि गठन भएको यस संगठनले सबै कर्मचारीको लागि सदैव सकारात्मक काम गर्ने नवनिर्वाचित अध्यक्ष राईले प्रतिवद्धता जनाए ।
अधिवेशनमा प्रमुख अतिथि सङ्गठनका काेशी प्रदेश सह-इन्चार्ज खाेम बहादुर खालिङ र  विशेष अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले नयाँ निर्वाचित  कमिटीलाई बधाई तथा कार्य सफलताको शुभकामनासहित मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार