माङसेबुङ गाउँपालिका अध्यक्ष राईद्वारा एसईई परीक्षा केन्द्रको अनुगमन

  नयाँ बुलन्द
154 Shares

 

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले शुक्रबार माध्यमिक शिक्षा परीक्षा ( एसईई ) को अनुगमन गरेका छन् ।

माङसेबुङ गाउँपालिकामा रहेका दुई वटा परीक्षा केन्द्रहरूमा गाउँपालिका अध्यक्ष राईसहित १ नं. वडा अध्यक्ष भूपाल योङहाङ, शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा, राजस्व शाखा प्रमुख उमेश खत्रीलगायतले अनुगमन गरेका हुन् ।

माङसेबुङ गाउँपालिकामा वडा नं. १ स्थित महेन्द्रोदय माध्यमिक विद्यालय र वडा नं. ६ स्थित चिसोपानी माध्यमिक विद्यालय एसईई परीक्षा केन्द्रको रुपमा रहेका छन् ।

महेन्द्रोदय माध्यमिक विद्यालयमा नियमिततर्फ विभिन्न पाँच वटा विद्यालयका एक सय २६ मध्ये एक सय २४ जना विद्यार्थी एसईई  परीक्षामा सहभागी भएका छन् । सो केन्द्रमार्फत माङसेबुङ गाउँपालिकाको चिसोपानी मावि र इभाङ मावि एवम् फाकफोकथुम गाउँपालिकाको विष्णु मावि, जालपा मावि र सिंहदेवी माविका विद्यार्थी विद्यार्थी एसईई  परीक्षामा सहभागी छन् ।

त्यस्तै चिसोपानी माध्यमिक विद्यालयमा नियमिततर्फ विभिन्न सात वटा विद्यालयका एक सय आठ जना विद्यार्थी एसईई  परीक्षामा सहभागी भएका छन् । सो केन्द्रमार्फत माङसेबुङ गाउँपालिकाको महेन्द्रोदय मावि, सरस्वती मावि, जीवनज्योति मावि, दुर्गा मावि, फाल्गुनन्द बोर्डिङ स्कूल र नवप्रतिभा बोर्डिङ स्कूल एवम् चुलाचुली गाउँपालिकाका मिक्लाजुङ माविका विद्यार्थी विद्यार्थी एसईई  परीक्षामा सहभागी छन् ।

पूरकतर्फ फरकफरक विषयमा फरक सङ्ख्यामा विद्यार्थी सहभागी छन् ।

अनुगमनको क्रममा अध्यक्ष राईले केन्द्राध्यक्षहरूसँग विद्यार्थीको सुरक्षा, सामाग्रीको पर्याप्तता, खानेपानी र शौचालयको अवस्था तथा बालमैत्री तवरले परीक्षा सञ्चालन भएको छ या छैन भन्ने विषयमा जानकारी लिदैँ परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्षलाई निर्देशन दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार