इलाम : नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित थालेको ‘मिसन–८४’ अन्तर्गतको तीन महिने वडा केन्द्रित ‘जरा अभियान’लाई तीव्रता दिएको छ ।
गत फागुन २५ गते ७ नम्बर वडाबाट शुरु गरेको अनुशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै चैत ७ गते ४ नम्बर वडा पनि सम्पन्न गरेको एमाले पालिका कमिटी अध्यक्ष अर्जुन योङ्हाङले जानकारी दिए । विहिबार ४ नम्बर वडाको फुएतप्पास्थित आदिवासी जनजाति भवनमा वडाकमिटीको पहिलो विस्तारित बैठकसंगै अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठक मार्फत वडा कमिटी सचिवालयले गरेको निर्णयहरु अनुमोदन गरिएको उनले बताए । पार्टीको गाउँकमिटीले परिभाषित गरेका टोल ईन्चार्जको नेतृत्वमा आगामी चैतको १७ गतेसम्ममा ९ वटा टोल अधिवेशनहरु सम्पन्न गर्ने वैठकले निर्णय गरेको छ । कार्यक्रममा पालिका कमिटी अध्यक्ष अर्जुन कुमार लिम्बु र जिल्ला कमिटी सदस्य गायत्रीदेवी रेग्मीले शुभकामना मन्तव्यसंगै पार्टीले संचालन गरेको अभियान माथि प्रकाश पारेका थिए । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य राजकुमार थापाले पार्टीको आगामी रणनीति र कार्यदिशाबारे चर्चा गरे। तीन महिने वडा केन्द्रित ‘जरा अभियान’को मुख्य वक्ता नेकपा एमाले इलाम जिल्ला उपसचिव रमेश राईले दिए । उनले अभियानको उद्देश्य र महत्वमाथि प्रकाश पारे ।
बैठकमा जिल्ला कमिटी सदस्य तथा ४ नम्बर वडा ईन्चार्ज गायत्री रेग्मी, जिल्ला सल्लाहकार परिषद सदस्य दिलेन्द्र खनाल,पालिका उपसचिव कविता राई, पालिका सचिवालय सदस्य हरी दंगाली ,अग्रजहरु नेताहरु जीवन सापकोटा, प्रेम सागर रेग्मी, केबी राई,प्रदेश कमिटी सदस्य तथा पालिका पार्टी इन्चार्जले पनि आफ्नो धारणा राखेका थिए। नेकपा एमाले ४ नम्बर वडाकमिटी अध्यक्ष अम्बर लिम्बु योङ्हाङको अध्यक्षतामा सम्पन्न बैठक तथा अनुशिक्षण कार्यक्रमको स्वागत मन्तव्य वडा कमिटीका उपाध्यक्ष ज्ञानु पिठाकोटेले राखेको कार्यक्रम वडाकमिटी सचिव ढाका बहादुर मगरले सञ्चालन गरे । यस अभियानले पार्टीलाई थप सुदृढ र बलियो बनाउन मद्दत गर्ने विश्वाससहित निरन्तर पालिका भित्र अभियान संचालन गरिने र चैत ३० गते २ नम्बर वडामा कार्यक्रम संचालन हुने तालिका बनाइएको अध्यक्ष योङ्हाङले बताए ।