इलाम : नेपाली कांग्रेसमा बिग्रह र भाँडभैलोको नेतृत्व गरिरहेको आरोप लाग्ने गरेका नेपाली कांग्रेस इलामका निर्वतमान सभापति हिमालय कर्मचायले नेपाली कांग्रेस इलामका नेता कार्यकर्ताका विरुद्धमा महामन्त्री गगन कुमार थापालाई लान्छाना युक्त विवरण सुनाएको भिडियो सार्वजनिक भएको छ भने अहिले उक्त भिडियो भाईरल बनेको छ ।
नेपाल महिला संघ विभाजन लगायतमा महत्वपुर्ण भुमिका खेलिरहेका कर्माचायले यस अघि नेता केशब थापा सभापति भएको समयमा पनि विपी चिन्तन प्रतिष्ठानको नाममा पार्टी संगठन विरुद्ध समानान्तर गतिविधि गरेका थिए ।
उनले थापासंगको संवादमा पार्टीको नेतृत्वमै नरहेका कांग्रेस नेता भेषराज आचार्य, इलाम क्षेत्र न १ का क्षेत्रीय सभापति समशेर राईले एकलौटी गरेको उजुरी गरेको सुनिन्छ । उनले भनेका छन् ‘हामी मिलाउँदैछौ ।’ उनको चापलुसीपुर्ण उजुरीमा महामन्त्री थापाले खास चासो देखाएका छैनन् ।’
उनको भिडियो सार्वजनिक भएपछि कर्माचायको अभिव्यक्तिको चौतर्फी आलोचना शुरु भएको छ ।
कर्माचार्यको भिडियोलाई कांग्रेसका अभिषेक एक्तेनले व्याङ्गात्मक प्रतिकृया दिदै शेयर गरेका छन् । उनले भनेका छन् ‘हा हा हा जिल्ला नेता जीहरु’
नेपाली कांग्रेस इलाम क्षेत्र न १ का क्षेत्रीय सदस्य जीवन राईले लेखेका छन् ‘नेताहरुले जनताको हकहितको कुरा नगरेर गुट अनि चाप्लुसी को मात्रै कुरा गरेर आगामि दिनमा पार्टी कहाँ पुक्छरुसम्माननीय माहा मन्त्री ज्यु जतिकोले भाषण मा मात्रै होइन व्यबहार मा पनि जनताको हितको बारेमा सोच्नु पर्छ र चाप्लुसि गर्ने हरुको मात्रै कुरा सुन्ने हो भने पार्टी सकिदै जानेछ। कृयाशिल बितरणमा कहि एकलौटी भएको छ भने ठाउँ पनि तोकेर आओस।’
उनको भिडियोमा चन्द्र राई लेख्छन् ‘जिल्ला नेताले त महामन्त्री गगन जीलाई त उपहार गज्जबकै दिए छ त,पहिले पहिले त एस्तो कुराहरु चाप्लुसी गर्नेलाई नारद मुनी भन्थे तर अहिले समय अलिक फरक छ, सोच बिचारमा परिवर्तन आएको छ, यस्तोव्ब्यबहार देखाउनेलाई त नारद मुनी होईन कुराउटे ,भडुवा पो भन्छ त । कुन पालीकाको कुन कुन ठाउमा एक्लौटी भएको सत्य तथ्य अर्को भिडीयो हेर्न सुन्न पाउ महोदय ।’
नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सञ्जिव ढकालले लेखेका छन् ‘लाज पनि लजायो हौ पुर्व सभापति काङ्ग्रेसको अबिभावक को कुरा सुनेर ’
काङ्ग्रेस नेता कार्यकर्ताको कडा प्रतिकृया पछि कर्माचार्यले आफ्नै फेसबुक वाला मार्फत आफ्नो बचाउको प्रयास गरेका छन् । उनले प्रतिकृया दिनेहरुलाई धम्क्याउने शैलीमा भनेका छन् ‘इलामको गाउँरनगरपालिका र वडाबाट आएको कुरा मैले पार्टीभित्र छलफलमा ल्याएको हु। पार्टीको कृयाशिल सदस्यता फाराम जिल्ला ले केन्द्रबाट ल्याएर क्षेत्र, गाउँरनगरपालिका र वडासम्म पुग्दा के के हर्कत भए अब औपचारिक रुपमै बहस गरौन हुन्न ?’
कर्माचाय इलामका अभिभावक नेता तोयनाथ भट्टराई संसदिनय निवाचनमा पार्टीको तर्फबाट उम्मेद्धार बन्दा उनको विरुद्धमा ‘तालाचावी’ चिन्ह लिएर वागी उम्मेद्धार बनेका थिए । निग्रानीबाट