सन्दकपुरमा एमालेको जरा अभियान : ४ वटा वडामा अधिवेशन सकियो

  नयाँ बुलन्द
343 Shares

इलाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी रूपमा संचालन भइरहेको वडा केन्द्रीत तीन महिने जरा अभियान कार्यक्रम अन्तर्गत इलामको सन्दकपुर गाउँपालिकामा ४ वटा वडामा अधिवेशन सम्पन्न भएको छ ।

सन्दकपुर गाउँपालिका भित्रका ५ वटा वडामध्ये वडा नम्बर ३ बाहेकका वडाहरुको अधिवेशन सकिएको एमाले सन्दकपुर गाउँ कमिटि अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

सन्दकपुर वडा नम्बर २ माइमझुवामा अमृत राईको अध्यक्षतामा १३ सदस्यीय, वडा नम्बर जमुनामा कुमार गुरूङको अध्यक्षतामा १५ सदस्यीय, वडा नम्बर ४ माबुमा वीरबहादुर राईको अध्यक्षतामा १७ सदस्यीय र वडा नम्बर १ माईपोखरीमा चेतबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय वडा समिति सर्वसम्मत रुपमा चयन भएको अध्यक्ष  गुरुङ्गले जानकारी दिए ।

वडा नम्बर १ र ४ मा एमाले इलामका निवर्तमान अध्यक्ष तथा संघीय सासंद महेश बस्नेत एवम् वडा नम्बर ५ र वडा नम्बर २ मा जिल्ला उपाध्यक्ष उदयबहादूर राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

वडा अधिवेशनबाट एमालेलाई लामो समयसम्म योगदान दिने ४४ जना पार्टी सदस्यलाई सम्मान गरेको छ । अभियानका क्रममा पार्टीहरूबाट एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको समेत गुरुङले जानकारी दिए ।

सम्पूर्ण पदाधिकारीहरुको विवरण : 

वडा नम्बर २ माईमझुवा

अध्यक्ष . अमृत राई
उपाध्यक्ष . तेज बहादुर गुरूङ (दिपेन)
सचिव . वीरमान राई
उपसचिव :  शुक्राज राई
उपसचिव : विषम खतिवडा

वडा नम्बर ५ जमुना
अध्यक्ष  : कुमार गुरूङ
उपाध्यक्ष : सन्जिव खाम्दाक
सचिव : पेम्बा शेर्पा
उपसचिव : उर्मिला राई (ललिता)
उपसचिव : केशव गुरूङ

वडा नम्बर ४ माबु
अध्यक्ष :  वीरबहादुर राई
उपाध्यक्ष : शुक्रराज राई
सचिव : हेमबहादुर गुरूङ
उपसचिव : सृजना राई
उपसचिव : रोशन साउदेन
वडा नम्बर १ माईपोखरी

अध्यक्ष : चेतबहादुर राई
उपाध्यक्ष : एलिजा राई
सचिव : ठाकुर मुखिया (विकाश)
उपसचिव : भीष्म ढुङ्गेल
उपसचिव : रन्जिता राई (सन्जु)

तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार