एमाले माङसेबुङ-२ वडा अध्यक्षमा पुन: योङहाङ

  नयाँ बुलन्द
791 Shares

इलाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) माङसेबुङ गाउँपालिका-२ को वडा अध्यक्षमा पुन: राजकुमार योङहाङ निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न पार्टीको तेस्रो वडा अधिवेशनबाट योङहाङ पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले योङहाङको अध्यक्षतामा १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ ।

उपाध्यक्षमा आनन्दबहादुर योङहाङ, सचिवमा सुबास बस्नेत, उपसचिवमा नरबहादुर इदिङगो लिम्बू  र मुनादेवी निरौला निर्वाचित भएका छन् ।

सदस्यहरूमा रूद्रबहादुर लिम्बू, बलबिर लिम्बू, सुनिता राई, पुष्पा गड्तौला, राम राना, उत्तरबहादुर लिम्बू, जमूना न्यौपाने,  दलबहादुर लिम्बू, यामबहादुर बुर्जा, आईतमाया विश्वकर्मा,  मोहनराज देना र जीतबहादुर राई निर्वाचित भएका छन् ।

अध्यक्ष योङहाङको अध्यक्षता र पार्टी जिल्ला सचिवालय सदस्य हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला सदस्य होमबहादुर लिङदेन, पालिका कमिटि अध्यक्ष मित्रकुमार खड्का, सचिव अतित योङहाङलगायतको उपस्थितति थियो ।

अधिवेशनसँगै पार्टीको तीन महिने (जरा) केन्द्रीत अभियान अन्तर्गत वडास्तरीय प्रशिक्षण समेत सम्पन्न भएको छ । अभियान कार्यक्रमलाई जिल्ला सदस्य लिङदेनले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार