इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन्दकपुर गाउँ समिति अध्यक्षमा जोन गुरुङ निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा सुबास थेवे र कलिन्द्र राई निर्वाचित भएका छन् । सचिवमा कलमप्रसाद निरौला, सचिवमा भक्तबहादुर गुरुङ र कोषाध्यक्षमा खोममाया दियाली निर्वाचित भएका छन् ।
सदस्यहरुमा डिलमाया तामाङ, ग्याल्जेन शेर्पा, राम गुरुङ्ग, ताराकुमार गुरुङ्ग, अप्सरा साउदेन, पर्शुराम तिवारी, देउमान गुरुङ्ग र समिक्षा साउदेन निर्वाचित भएका छन् ।
२१ सदस्य सदस्य समितिमा ६ जना सदस्य बैठकबाट मनोनय गर्ने निर्णय भएको छ ।
निर्वतमान अध्यक्ष फुर्वा तामाङको अध्यक्षता र केन्द्रिय सदस्य इलाम इन्चार्ज धिरेन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन सत्रमा इलाम सहइञ्चार्ज सोममाया राई सिन्धु, प्रदेश सल्लाहाकार सदस्य प्रेमनाछिरिङ राई, प्रदेश सदस्य भिष्म खतिवडालगायतको उपस्थिति थियो ।