माओवादी केन्द्र देउमाई अध्यक्षमा पराजुली

  नयाँ बुलन्द
2.1k Shares

इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देउमाई नगर समिति अध्यक्षमा कुलप्रसाद पराजुली निर्वाचित भएका छन् ।

बिहीबार इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट पराजुली अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नगर समिति निर्वाचित गरेको निर्वाचन समिति संयोजक अधिक्ता राम योङहाङले जानकारी दिए ।

अधिवेशनबाट उपाध्यक्षमा शारदा राई र भोजराज मगर, सचिवमा प्रेमकुमार राई, सहसचिवमा घनश्याम आचार्य र कोषाध्यक्षमा निरा गुरुङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति संयोजक योङहाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष पराजुलीले २०८४ को निर्वाचनमा प्रतिष्पर्धा गर्ने पार्टी बनाउन लागिपर्ने प्रतिवद्धता जनाए । अध्यक्ष मण्डलका अध्यक्ष हर्क लावती कान्छाले नवनिर्वाचित समितिलाई बधाई दिदैँ पार्टिको नीति, कार्यक्रम र सिद्धान्तलाई आत्मासाथ गर्दै माओवादीलाई जनताको पार्टी बनाउन सुझाव दिए ।

तत्कालीन नगर समिति उपाध्यक्ष ताराबाबु सुवेदी हुरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसंविधानसभा सदस्य धर्मशिला चापागाईंले उद्घाटन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार