पूर्वमन्त्री स्व.शेर्माको शालिक अनावरण

  युद्धबहादुर बोहोरा
133 Shares

 

पाँचथरः पूर्व स्थानीय विकाश मन्त्री तथा नेपाली कांग्रेसका नेता स्व.पूर्ण कुमार शेर्माको शालिक अनावरण गरिएको छ । शेर्माको पाँचौं स्मृति दिवशको अवसर पारेर पाँचथरको मिक्लाजुङ २ नम्बर वडास्थित सप्तमी बजारमा परिवारद्वारा निर्मित शालिक प्रमुख अथिति नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलाले अनावरण गरेका हुन्

विशिष्ट अथिति नेपाली कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्वे,अथिति झापा जिल्ला कांग्रेस सभापति देउमान थेवे,पाँचथर सभापति रूपनारायण जवेगु,पूर्वसभापति नरेन्द्र कुमार केरुङ,शेर्माको धर्मपत्नी जनी माया थापा मगर, प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावतीलगायत प्रदेश कमिटी, जिल्ला,पालिका र वडाकमिटी सदस्य,स्थानीयवासी ,संघसंस्थाका प्रतिनिधि,भातृसंगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

स्मृति सभासहितको कार्यक्रममा उनको जीवनी,त्यागसंगै उनले  समाजमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । तत्कालीन समयमा शेर्माले सडक सञ्जालमा कास्की,चितवनपछि पाँचथरलाई तेस्रो स्थानमा अगाडी बढाएको र उनको पहलमा जिल्लाका अधिकाँश ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएका कारण उनलाई पुलबुढा उपनामले पनि चिनिने गरेको अथितिले बताए । देशकै पहिलो पटक सप्तमी बजारमा हावाबाट विद्युत निकाल्ने काम गरे । विकाशको परिकल्पनाकारका रुपमा मानिएका, विशुद्ध जनसेवामा जीबन बिताएका शेर्माले गरेका महत्वपूर्ण कामबाट अहिलेको पाँचथर सुगम हुनुमा उनको दुर्दशिता रहेको अथितिले प्रशंसा गरे । स्व. शेर्माका  पाँचथरका दुईवटा  गौरवको आयोजना सम्पन्न गर्ने सपना बोकेका थिए ।  उनले कल्पना गरेको भेडेटार- रवि-राँके सडक र तमोर करिडर पुरा गर्ने आकांक्षा पुरा नभएता पनि हाल निर्माण तीब्र गति लिएसंगै सपना पुरा हुने अपेक्षा गरिएको अथितिहरुले सम्वोधनमा बताए । सादगी,सरल र इमान्दार नेता भनेर देश व्यापी कहलीएका शेर्माको निधनले पाँचथरका नागरिकको मन मस्तिष्कमा सधैं अभावमा खड्किरहने सबैको बुझाई छ ।

मिक्लाजुङ २ नम्बर वडाकार्यसमितिको आयोजनमा वडा सभापति तथा वडाध्यक्ष महेन्द्र प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको अनावरण कार्यक्रममा उनको जीवनीसंगै नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापति सन्तोष शेर्माले स्वागत मन्तव्य राखेको कार्यक्रम संचालक दिपक बोहोराले जानकारी दिए ।

को हुन् स्व. शेर्मा ?

स्व. पूर्ण कुमार शेर्मा जन्म स्वर्गारोहण २०७६ फागुन २८ गते २००० साल असोज १३ गते पाँचथर जिल्ला मिक्लाजुङ गा.पा. वडा नं. २ साविक सराङडाँडा ७ मा पिता स्व. राम प्रसाद शेर्मा र माता मोतिहाडमा आङदेम्बेको कोखबाट जन्म भई शेर्माले आफ्‌नो राजनितिक समाजसेवा तथा विकासका काममा जीवन बिताउनु भएको थियो । वहाँ २०२१ सालमा तत्कालिन निगाले गाउँ पञ्चायतका प्रधानपञ्च र राजाको प्रत्यक्ष शासनकालमा राजा विरेन्द्रबाट बिभिन्न पदकहरुबाट विभूषित हुनु भएको थियो । नेपाली कांग्रेस पार्टीमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिनु भएको उनी २०४२ सालको सत्याग्रह आन्दोलनमा प्रजातन्त्रको प्रचार-प्रसार गर्ने क्रममा झापाको दमकमा पक्राउ परी चन्द्रगढी जेलमा पर्नु भएका थियो । उहाँले २०५७ साल पुस १२ देखि २०६७ साउन १६ गतेसम्म नेपाली कांग्रेस जिल्ला सभापतिको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै नेपाली कांग्रेसको नवौं र दशौं महाधिवेशनवाट दुई कार्यकाल केन्द्रिय सदस्यको जिम्मेवारी बहन गर्नु भएको थियो । २०४८ देखि २०५१ सम्म राष्ट्रिय सभा सदस्य ,२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा पाँचथर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित भई २०६६ जेठ २ गतेदेखि २०६७ माघ २३ गतेसम्म स्थानीय विकास मन्त्री हुनु भएको थियो । पाँचथर जिल्लामा सिरिजंगा ग्रामीण विकास केन्द्र नामक गैर सरकारी संस्था स्थापना गरी झोलुङ्गे पुल, सडक, विद्युत र शिक्षा लगायतको विकासको काममा निरन्तर लागी रहनु भएको थियो । शेर्माकै पहलमा मिक्लाजुङ २ सप्तमी बजारमा वायु उर्जा स्थापना भएको छ भने २०४८ सालमा साविक सराङडाँडा गाविसमा नर्थ नेपाल टि-स्टेट नामको चियाबगान स्थापना भएको छ । दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए । मृगौला रोगको समस्या झेलीरहेको उनको२०७६ फागुन २८ गते उनको काठमाण्डौंको निदान अस्पतालमा दुःखद निधन भएकोले थियो । शेर्माको परिवारजनहरु श्रीमतिहरु जेठी स्व.इन्द्रमाया जवेगु शेर्मा र कान्छी जनीमाया थापा मगर शेर्मा, छोराहरु राज कुम्मार शेर्मा र सन्तोष शेर्मा, बुहारीहरु र छोरीहरु लिला शेर्मा, फिफा शेर्मा, संगिता शेर्मा, दुर्गा शेर्मा र सुनिता शेर्मा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार