आदिवासी जनजाति प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम इलाममा सुरु

इलाम : इलामका आदिवासी जनजाति प्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि तालिम सदरमुकाममा शनिबार सुरु भएको छ ।

नेपालका पूर्व पहाडी भेगका वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि परियोजना (एफएलबि-इएच) अन्तर्गत दुई क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको हो ।

तालिममा परियोजना सञ्चालित छ वटा स्थानीय तहका २१ वडाका २१ जना आदिवासी जनजाति प्रतिधिहरुको सहभागिता रहेको छ । परियोजना फाकफोकथुम र सन्दकपुर गाउँपालिकाका सबै वडा, माईजोगमाई गाउँपालिकाका २ र ६, इलाम नगरपालिकाको १, २, ३ र ४, देउमाई नगरपालिकाका १ र २ तथा सूर्योदय नगरपालिकाको वडा नम्बर १ मा परियोजना सञ्चालित छ ।

तालिममा सहजकर्ताहरु रामकुमार लिम्बू योङहाङ र निरमाया गुरुङ (निरु) ले सहजीकरण गरिरहेका छन् ।

तालिममा नेपालका पूर्व पहाडी भेगका वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि परियोजना (एफएलबि-इएच) को परिचय, स्वतन्त्र, अग्रिम र सुसूचित मञ्जुरी (एफपिक) को परिचय र अन्तर्राष्ट्रिय कानूनी प्रावधानहरु, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९, एफपिक सम्बन्धी संवैधानिक एवं कानूनी प्रावधानहरु,  एफपिक कार्यान्वयन प्रकृया, स्थलगत तथ्याङ्क संकलन तथा कार्ययोजना तर्जुमालगायतका विषयमा छलफल भइरहेको छ ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा संरक्षित क्षेत्र भन्दा बाहिर विश्वव्यापी रूपमा महत्वपूर्ण जैविक विविधता संरक्षण र दिगो जीविकोपार्जनका लागि सुधारिएको पारिस्थितिक प्रणाली सेवाहरूको प्रवाह गर्ने उदेश्यले इलामसहित पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा गतवर्षदेखि आयोजना सञ्चालित छ ।

विश्व वातावारण सुविधा (जीऐएफ) को आर्थिक सहयोगमा युक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहायतामा वन तथा वातावरण मन्त्रालयको आयोजनामा पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशले आयोजना परियोजना सञ्चालित छ । नेपाल आदिवासी जनजाति महासंघले परियोजनाको सेवा प्रदायक संस्थाका रुपमा काम गरिरहेको छ ।

डिभिजन वन अधिकृत विरेन्द्र शाहको अध्यक्षतामा भएको तालिको उद्घाटन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ इलाम अध्यक्ष अभिषेक येक्तेन (चक्र) ले स्वागतसहित परियोजनाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, किरात राई यायोक्खा अध्यक्ष पुष्पा राई, नेपाल पत्रकार महासंघ उपाध्यक्ष सुनिता राईलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महसंघकी कार्यवाहक सचिव रञ्जिता याख्खाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार