नारायणमान विजुक्छे आठौं पटक बने नेमकिपाको अध्यक्ष

काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे ‘रोहित’ सर्वसम्मत चयन भएका छन् ।

गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले ८५ वर्षीय बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

महाधिवेशनले २९ सदस्यीय केन्द्रीय कमिटी र ४ जना वैकल्पिक केन्द्रीय सदस्य छानेको छ ।

पार्टी सचिवमा नेमकिपाका एकमात्र संघीय सांसद प्रेम सुवाल चयन भएका छन् ।

नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष विजुक्छे नै छन् । बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार