मेयर पोख्रेलद्वारा नवनिर्मित जट्टेश्वर महादेव मन्दिर उद्घाटन

  युद्धबहादुर बोहोरा
245 Shares

 

इलामः इलामको देउमाई नगरपालिकास्थित ५ नम्बर वडाको सिङ्गलप्पामा नवनिर्मित जट्टेश्वर महादेव मन्दिर महाशिवरात्रीका दिन उद्घाटन गरिएको छ ।

नगरपालिकाको लागत खर्चमा निर्माण सम्पन्न भएको मन्दिर बुधबार महाशिवरात्रीको अवसर पारेर  मेयर सूर्य प्रसाद पोख्रेलको प्रमुख आथित्यतामा भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष खेल बहादुर डाँगीले जानकारी दिए ।

 

नगरपालिकाको पर्यटकीय गन्तव्यमा सुचीकृत भइसकेको यस धार्मिक स्थललाई प्रवर्द्धन र संरक्षण गर्ने उदेश्यले यस ठाँउको भौतिक संरचना निर्माण गर्न थालिएको मेयर पोख्रेले उद्घाटन समारोहमा बताए । फाकफोकथुम ७ र देउमाइको ५ नम्बर वडास्थित सिंङ्गलप्पा फेदीमा देउमाई नदीको किनारमा रहेको धार्मिक पर्यटकीय स्थल हुँदै ओहोरदोहोर गरिने सडकलाई नाली र ग्राभेल गरी अलवेदर बनाइनुका साथै देउमाई नदीमा पक्की पुल निर्माणका लागि पहल गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच धार्मिक पर्यटकीय स्थलमा  धार्मिक मेला पनि संचालन भएको थियो । कोरोना महामारीपछि केही वर्ष स्थगित भएको मेलालाई भव्यताका साथ संचालन गर्न स्थानीयसंगै हाल देश बाहिर रहेका महानुभावहरु आर्थिक सहयोग गरेको आयोजक समितिका अध्यक्ष सूर्यबहादुर कार्कीले जानकारी दिए ।

२०७४ सालमा उद्योग वाणिज्य संघ मंगलबारे शाखाका अध्यक्ष मातृका घिमिरेको प्रमुख आथित्यतामा मन्दिर उद्घाटन गरिएको थियो । त्यसपछि २०७७ सालमा नारायण खत्रीको अध्यक्षतामा पहिलो पटक ऐतिहाँसिक धार्मिक मेलाको आयोजना गरिएको थियो । पहिलो धार्मिक मेला उक्त समयमा पनि स्थानीयको आर्थिक सहयोगमा  भव्यताका साथ सम्पन्न भएको स्थानीय शिक्षा सेवी तथा समाजसेवी भक्त कार्कीले बताए । मेलालाई थप मनोरन्जनात्मक  बनाउन रात्रीकालीन  साँगितिक कार्यक्रम संचालन भएको थियो । प्रमुख आकर्षक राष्ट्रिय कलाकार सुनिता संयक लिम्बूको साथमा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको थियो ।

धार्मिक मेलालाई भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याने सहयोगीहरुलाई कदरपत्रसहित सम्मान गरिएको मेला आयोजक समितिका उपाध्क्ष पञ्चबहादुर योङ्हाङ्ले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार