इलामः फाकफोकथुम गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रमहरु गरी ३० औं जनयुद्ध दिवस भब्य रुपमा मनाएको छ । यसै अवसरमा आयोजित कार्यक्रममा माओवादी पार्टीमा प्रवेश गर्नेको लहर बढेको छ ।
फागुन १ गते जनयुद्ध दिवशसंगै एमाले र काङ्ग्रेस परित्याग गरि माओवादी प्रवेश गर्ने २५ जनालाई भब्य स्वागत समेत गरिएको छ । प्रवेश गर्नेहरुमा जय बहादुर राई (गोविन्द) महेन्द्र गोले, फुर्वा तामाङ्ग (गोले) याम तामाङ्ग (योञ्जन) विबेक तामाङ्ग,विजय तामाङ्ग कुवीर तामाङ्ग,नवीन तामाङ्ग (लामा), छोचेन तामाङ्ग,रविन तामाङ्ग (थिङ), पुर्ण कुमार तामाङ्ग, रन बहादुर बर्देवा, बिक्रम तामाङ्ग, सरस्वती बोहोरा,रञ्जना राई, देवि बर्देवा र पार्वता राईलगायत छन् ।
माओवादी केन्द्र पालिका समितिले जनयुद्धको अवसरमा शुभकामना आदानप्रदान, पार्टी प्रवेश गरेकालाई भब्य स्वागत एवं पहिलो बैठक बस्दै विभिन्न जिम्मेवार वाँडफाड गर्दै मनाएको हो । पालिका अध्यक्ष प्रकाश राईको अध्यक्षता, केन्द्रीय सदस्य एवं इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा(रमण) को प्रमुख आतिथ्यता र प्रदेश सदस्य एवं जिल्ला कार्यालय सचिव प्रकाश परियारको विशेष आतिथ्यता भएको कार्यक्रमले जनतासँग माओवादी अभियान संचालन गर्ने भएको छ ।
जनता सँग माओवादी अभियान अन्तर्गत पार्टीले भ्रष्टाचार विरुद्ध अभियान, संगठन विस्तार, सदस्यता नविकरण एवं विस्तार, प्रशिक्षण, सहिद एवं बेपत्ता परिवार भेटघाट, श्रमदान अभियान तथा विकास निर्माणलाइ प्रभावकारि बनाउन सरोकार वाला निकास संँग अन्तरकृया एवं संवाद गर्ने भएको छ । बैठकले अभियान संचालनको लागि वडा कमान्ड इन्चार्जको रुपमा जिम्मेवारी क्रमशः १ नम्बर वडामा पालिका कोषाध्यक्ष बुद्धमाया तामाङ, २ मा सचिव हेमकर्ण निरौला, ३ मा सहसचिव चक्र खड्का, ४ मा उपाध्यक्ष अरुण दर्लामी, ५ मा सचिव प्रकाश राई, ६ मा उपाध्यक्ष भुपाल लिम्बु र ७ मा उपाध्यक्ष केदार खनाललाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै बैठकले विभिन्न विभाग बनाउदै प्रमुख र उपप्रमुकको जिम्मेवारी समेत तोकेको छ । लक्षित बर्ग उत्थान एवं कृषि विभाग प्रमुखमा प्रकाश राई र उपप्रमुखमा चन्द्र गजमेर, संघसंस्था विभाग प्रमुख केदार खनाल र उपप्रमुखमा शेखर लामिछाने, शिक्षक एवं विद्यार्थी विभाग प्रमुखमा अरुण दर्लामी र उपप्रमुखमा चिरन्जिवी पाण्डे, प्रचारप्रसार एवं अभिलेख विभाग प्रमुख हेमकर्ण निराैला र उपप्रमुखमा सुनिल खनाल, सहकारी विभाग प्रमुखमा याम तामाङ र उपप्रमुखमा भोज बहादुर बोहोरा, खेलकुद विभाग प्रमुखमा चक्र खड्का र उपप्रमुखमा निरोज राई, युवा विभाग प्रमुखमा भुपाल लिम्बु र उपप्रमुख विभागमा छत्र दर्लामी र महिला विभाग प्रमुखमा बुद्धमाया तामाङ र उपप्रमुखमा मनकुमारी धमलालाई तोकिएको छ । कार्यक्रमको स्वागत उपाध्यक्ष केदार खनाल र संचालन सचिव हेमकर्ण निरौलाले गरेका थिए । आगामी बैठकमा अभियानको समीक्षा सहित मिसन-२०८४ एवं पार्टी निर्माणको गुरु योजना बनाएर कार्यान्वयनमा लाग्ने योजना सहित सम्पन्न भएको जिल्ला कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए ।