विदेशी पर्यटक बढाउन सूचना प्रविधि सहयोगी

  निनाम लोवात्ती
42 Shares

यो लेख कुनै पनि देशमा विदेशी पर्यटक आगमन दर बढ्नुमा अहिलेको जस्तो सूचना, सञ्चार र प्रविधिले अति छिटो फड्को मारिरहेको जमानामा कुनै पनि देशको पर्यटन आगमनमा सकारात्मक ढंगले वृद्धि हुन र पर्यटन प्रवद्र्घन गर्नका लागि सहयोग पुग्न सूचना, सञ्चार र प्रविधिको भूमिका कस्तो रहन्छ, हुन्छ ? भन्ने सम्बन्धमा केही लेख्ने प्रयास गरिएको छ । त्यसरी हेर्दाखेरि सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको वर्तमान समयमा जुन देशको सरकार र पर्यटन व्यवसायीले आप्‌mनो देशका पर्यटकीय गतिविधिबारे छिटो  र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशले बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन सक्छन् भन्ने देखिन्छ । अझ जुनसुकै देशको सरकार र पर्यटन व्यवसायीले पनि आप्‌mनो देशका पर्यटकीय गतिविधिबारे छिटो  र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशमा विदेशी पर्यटकहरुको आगमनमा विविधता पनि आउन सक्ने देखिन्छ ।

त्यसो त सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन सुरु भएको नोभेलकोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएकोले गर्दा विश्वभरि सन् २०२०, सन् २०२१ र सन् २०२२ मा पर्यटन आगमनमा ठूलो पैमानामा गिरावट आएको । स्मरणीय छ, सन् २०२० मा विश्वमा एकै पटक ७६–७८–७९ प्रतिशतदेखि ८९–९०–९२ प्रतिशतसम्म (देशअनुसार फरकफरक) गिरावट आएको थियो । हुन पनि पाँच वर्षअघिको विश्व पर्यटन आगमनको दरको तथ्यांक हेर्दाखेरि सन् २०१९ मा एक दशमलब पाँच बिलियन पर्यटकहरुले विश्वका विभिन्न देशको भ्रमण गरेका थिए । तर सन् २०२० मा चाहिँ ह्‌वात्तै घटेर केवल चार सय (४१५) मिलियन पर्यटकले मात्रै विश्वका विभिन्न देशको भ्रमण गरेका थिए । त्यस्तै गरेर स्‌न २०२१ मा त चार सय मिलियनमा पनि घटेर चार सय (४००) मिलियिन पर्यटकले मात्रै विश्वको विभिन्न देशको भ्रमण गरे । तर विश्व पर्यटकको सो आगमन दरमा सन् २०२२ मा भने सकारात्मक परिवर्तन आयो । अर्थात् सन् २०२२ मा एकैचोटि नौ सय ६० (९६०) मिलियन मानिसहरु विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्ले । त्यस्तै सन् २०२३ मा पनि विश्व पर्यटक आगमन दरमा सकारात्मक ढंगले बढोत्तरी भएर नौ सय ७५ (९७५) मिलियन पर्यटकले विश्वका विभिन्न देश भ्रमण गर्न निक्लेका थिए । सो तथ्यांक संयुक्त राष्ट्र संघ मातहत रहेको ‘विश्व पर्यटन संगठन (डब्लुटिओ)’ ले केही समयअघि प्रकाशित गरेको हो । सोही तथ्यांकअनुसार अब विश्व पर्यटक आगमन दर सन् २०१९ को स्तरमा पुग्न १०–११ प्रतिशत बाँकी रहेको छ ।

जे भए तापनि यो लेख चाहिँ कुनै पनि देशमा विदेशी पर्यटक आगमन दर बढ्नुमा अहिलेको जस्तो सूचना, सञ्चार र प्रविधिले अति छिटो फड्को मारिरहेको जमानामा कुनै पनि देशको पर्यटन आगमनमा सकारात्मक ढंगले वृद्धि हुन र पर्यटन प्रवद्र्घन गर्नका लागि सहयोग पुग्न सूचना, सञ्चार र प्रविधिको भूमिका कस्तो रहन्छ, हुन्छ ? भन्ने सम्बन्धमा केही लेख्ने प्रयास गरिएको छ । त्यसरी हेर्दाखेरि सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको वर्तमान समयमा जुन देशको सरकार र पर्यटन व्यवसायीले आप्‌mनो देशका पर्यटकीय गतिविधिबारे छिटो  र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशले बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन सक्छन् भन्ने देखिन्छ । अझ जुनसुकै देशको सरकार र पर्यटन व्यवसायीले पनि आप्‌mनो देशका पर्यटकीय गतिविधिबारे छिटो  र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशमा विदेशी पर्यटकहरुको आगमनमा विविधता पनि आउन सक्ने देखिन्छ ।

जस्तै विसं २०८० पुस १९ गते यसै कारोबार दैनिकमा प्रकाशित ‘नेपाल आए २१९ मुलुका पर्यटक’ शीर्षकको समाचारलाई नै एक उदाहरणको रुपमा लिन सकिन्छ कि सूचना, सञ्चार र प्रविधिको प्रयोगले विदेशी पर्यटक आगमनमा कस्तो प्रभाव वा असर पर्छ ? निश्चय पनि कारोबार दैनिकमा प्रकाशित सो समाचारले सूचना, सञ्चार र प्रविधिको प्रयोगले विश्वभरिकै पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ, सक्छन्, विभिन्न देशका सरकार प्रमुख तथा पर्यटन व्यवसायीहरुले । सो समाचारमा जनाईएअनुसार सन् २०२३ मा नेपालमा पर्यटक भई घुम्न आउने विभिन्न देशका (विश्वका २१९ देशका) पर्यटकहरुमध्ये ४० वटा देशका पर्यटकहरु एक जनादेखि १० जनाको संख्यामा रहेका थिए भने ४१ देशका पर्यटकहरु १० जनादेखि ५० जनाको संख्यामा रहेका थिए । त्यस्तै गरेर १७ वटा देशका पर्यटकहरु ५० जनादेखि एक सय जना को संख्यामा नेपाल घुम्न आएका थिए । हो, निश्चय नै संख्यात्मक हिसावले मात्रै हेर्दाखेरि विदेशी पर्यटक आगमनको संख्या एक जनादेखि एक सय जना मात्रै नेपाल आउनु भनेको कुनै गर्वको कुरो हुन नसक्ला । तर नेपाल र नेपाली नागरिकहरु, नेपालको जातीय विविधता, भाषिक विविधता, विविध खाले वेषभुषा, धार्मिक विविधता, भगौलिक विवधिता, जैविक विविधता, सेताम्मे हिमाल, हरिया जंगलले ढाकेका पहाड–पर्वत, चुरे क्षेत्र, उपत्यका र ससाना टार, मधेस, नदी, खोलानाला, चराचुरुङ्गी, वन्यजन्तु, वनस्पति आदिका सम्बन्धमा विश्वका ९८ देशका नागरिकहरु जो एक जनादेखि लिएर एक सय जनासम्म विभिन्न देशका नागरिकहरु पर्यटक भई नेपाल घुम्न आए, उनीहरुले त्यसरी नेपाललाई महत्व दिएर ‘नेपाल घुम्न वा हेर्न आउनु’ भनेको हाम्रा लागि गर्व गर्न लायक कुरो हो । यसको सकारात्क सन्देश आगामी दिनमा हामीले विस्तारै देख्न सकिने छ ।

त्यसो त सन् २०२३ मा आएका २१९ देशका पर्यटकहरु जो नेपालमा पर्यटक भई घुम्न आएका छन्, ती पर्यटकहरु हामीले पछिल्लो पटक विकशित सूचना, सञ्चार र प्रविधिको प्रयोग गरेर, प्रचार प्रसारमा विशेष ध्यान दिएर हामी आफैले विश्वका विभिन्न देशका पर्यटक नेपाल आगमनमा विविधिता आओस् भनेर प्रचार प्रसार गरेर भन्दा पनि जुनजुन देशका पर्यटकहरु नेपाल घुम्न आए, उनीहरु आफैले पछिल्लो पटक विकशित सूचना, सञ्चार र प्रविधिको प्रयोग गरेर नेपाल भन्ने देश (ठाऊँ) गुगलमार्पmत सर्च गरेर पत्ता लागाएर आफै आएका हुन सक्छन् । निश्चय नै त्यसमा केही देशका पर्यटकहरु साथीभाइ र आफन्त तथा नातागोताको अनुरोधमा वा आग्रहमा पनि नेपाल भ्रमण गर्न आएका हुन सक्छ । किनभने अहिले त सूचना, सञ्चार र प्रविधि विकासले गर्दा विश्व नै एक गाउँ (ग्लोबल भिलेज) भई सकेको भन्ने आम भनाइ रहेको छ । त्यसैले गर्दा आज नेपाली समेत विश्वका प्रायः कुनाकाप्चामा पुगिसकेका छन् । जसले गर्दा ती नेपाली मानिसहरु जहाँ जहाँ पुग्छन्, ती देशका बारेमा साथीभाइ, आफन्त र नातागोतालाई बताउँछन् नै । तर अझै पनि हामी  नेपालीहरुमा स्वदेश तथा विदेश घुम्ने त्यसरी आप्‌mनै देश वा विदेश घुमेर त्यहाँको प्राकृतिक सुन्दरता, जातजाति, भाषाभाषी, संस्कार, संस्कृति, वेषभुषा आदिबारे अनुभव र अनुभूति गर्ने भन्दा पनि चल–अचल सम्पत्ति जोड्नमै ध्यान जाने गरेको छ । तर विकसित र विकाशशील देशका मानिसहरुमा भने स्वदेश तथा विदेश घुम्ने त्यसरी स्वदेश वा विदेश घुमेर त्यहाँको प्राकृतिक सुन्दरता, जातीय विधिता, भाषाभाषी, संस्कार, संस्कृति, रीतिथिति, वेषभुषा आदि बारेमा अनुभव र अनुभूति गर्ने प्रचलन बढ्दो क्रममा रहेको छ । यो गन्थन मन्थनलाई यहीँ छाडेर अब हामी नेपालीले पनि पछिल्लो पटक विकसित भएको सूचना, सञ्चार र प्रविधिको विकासलाई सही सदुपयोग गरेर धेरैभन्दा धेरै देशका पर्यटकहरुलाई धेरै भन्दा धेरै संख्यामा नेपाल भ्रमण गराउनका लागि लागी पर्नुपर्ने देखिन्छ । यसका लागि नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड (एनटीबी) र निजी क्षेत्रका पर्यटन व्यवसायीहरु जस्तै होटल एसोसिएन अफ नेपाल (हान),  नेपाल ट्राभल एन्ड टुर एसोसिएसन (नाट्टा), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए), हिमालयन रेस्क्यु एजेन्सी (एचआरए), एयरलाईन अपरेटर्स एसोसिएसन अफ नेपाल (एओन), टे्रकिङ एजेन्ट एजेन्सी अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ र्याप्‌िmटङ एजेन्ट (नारा),  रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) लगायत निजी क्षेत्रका पर्यटनसँग आवद्ध अन्य संघ–संस्थाहरुले पहल लिनुपर्ने, गर्नुपर्ने देखिन्छ ।

तथापि कुनै पनि देशको मुख्य अविभावक भनेको सरकार हो । त्यसैले गर्दा नेपाली पर्यटन प्रवद्र्धनमा पनि मुख्य जिम्मेवारी लिने र दायित्व निर्वाह गर्ने काम पनि नेपाल सरकारको नै भएकोले गर्दा नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले पहल लिनुपर्ने देखिन्छ । आजको जस्तो सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको र, त्यसमा पनि अहिले व्यापक प्रचलनमा रहेको फेसबुक, एक्स (ट्वीटर), म्यासेन्जर, वी च्याट, ईन्स्ट्राग्राम, ब्लग, यु ट्युब, टिकटक, ह्‌वाट एप्स, ईमो, टेलीग्राम लगायत सामाजिक सञ्जालमा नेपालको पर्यटकीय स्थल, प्राचीन सहर, प्राचीन स्मारक, प्राचीन कला, प्राचीन वास्तुकलाका साथै विश्वका आठ हजार टिमरभन्दा अग्ला १४ वटा अग्ला हिमालमध्ये नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका आठ वटै हिमालका प्रोफाईल, आठ हजार मिटरभन्दा कम, सात हजार मिटरभन्दा माथि उचाइ भएका हिमालका प्रोफाईल, सात हजार मिटरभन्दा कम छ हजार मिटर उचाइ भएका हिमालका प्रोफाईल छ हजार मिटरभन्दा कम र पाँच हजार मिटरभन्दा बढी उचाइ भएका हिमालका सामान्य चिनारी र प्रोफाईल बनाएर वेब पोर्टल–वेबसाईटमा राख्न सकेदेखि ‘सुनमा सुगन्ध नै’ हुने थियो । त्यस्तै गरेर नेपालको भाषिक विविधता, जातीय विविधता, धार्मिक विविधता, वेषभुषा, गरगहना, नाचगान, बाजागाजा आदिका सम्वन्धमा पनि सामान्य परिचय, चिनारी र प्रोफाईल बनाएर वेब पोर्टल–वेबसाईटमा राख्न सकेदेखि निश्चय नै नेपालमा वार्षिक २८–३० लाखदेखि ३५–४०–४५–५०–५५ लाखसम्म विदेशी पर्यटक भित्र्याउन आईतबार कुर्नु पर्दैन । तर त्यसका लागि नेपालले हवाई यातायातको व्यापक विस्तार चाहिँ गर्न सक्नुपर्ने हुन्छ । जुन तुरुन्तै संवभ हुने कुरो होइन ।

हुन पनि माथि नै एक प्रसंगमा भनी सकियो कि, आज आएर विश्व नै एक गाउँ (ग्लोबल भिलेज) भई सकेको अवस्था छ । त्यसैले आज नेपाली समेत विश्वका प्रायः कुनाकाप्चामा पुगिसकेका छन् । जसले गर्दा ती नेपाली मानिसहरु जहाँ जहाँ पुग्छन्, ती देशका बारेमा साथीभाइ, आफन्त र नातागोतालाई बताउँछन् नै । तर अझै पनि हामी  नेपालीहरुमा स्वदेश तथा विदेश खास गरेर नेपाल तर अझै पनि हामी  नेपालीहरुमा स्वदेश तथा विदेश घुम्ने त्यसरी आप्‌mनै देश वा विदेश घुमेर त्यहाँको प्राकृतिक सुन्दरता, जातजाति, भाषाभाषी, संस्कार, संस्कृति, वेषभुषा आदिबारे अनुभव र अनुभूति गर्ने भन्दा पनि चल–अचल सम्पत्ति जोड्नमै ध्यान जाने गरेको । पनि चल–अचल सम्पत्ति जोड्नमै ध्यान जाने गरेको । प्रयोग गरेर, प्रचार प्रसारमा विशेष ध्यान दिएर हामी आफैले विश्वका विभिन्न देशका पर्यटक नेपाल आगमनमासाँच्चै प्रचार प्रसारमा विशेष ध्यान दिएर हामी आफैले विश्वका विभिन्न देशका पर्यटक नेपाल आगमनमा विश्वभरिकै पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ, सक्छन्, विभिन्न देशका सरकार प्रमुख तथा पर्यटन व्यवसायीहरुले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार