इलाममा कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ

  नयाँ बुलन्द
112 Shares


इलाम : इलाममा एक व्यक्तिको हत्या गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय इलामले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो।

गत माघ २८ गते बिहान ११:१० बजे इलामको सुर्योदय नगरपालिका वडा नं. ११ सुन्तले संयुक्त टोलमा ५१ वर्षीय धनराज राई आफ्नै घरको भुईतलाको कोठामा मृत अवस्थामा फेला परेका थिए। उनको टाउकोको पछाडी र निधारमा गम्भीर चोट लागेको थियो। घटना स्थलमा फलामको रड, फरुवा र रगत लागेको आग्लो समेत फेला परेको थियो।

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाम र नेपाल प्रहरी प्रदेश कार्यालय धरान केनाई शाखाबाट विशेष टोली खटाईएको थियो। अनुसन्धानको क्रममा धनराज राईको हत्या भएको तथ्य खुलेपछि प्रहरीले व्यापक रुपमा खोजतलास गरी माघ २८ गते साँझ ५ बजे सुर्योदय नगरपालिका वडा नं. ११ सुन्तलेको विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा ६ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ।

पक्राउ पर्नेमा  मंगेश भन्ने एडवर्ड राई उमेर २९ वर्ष ,मालती तामाङ (राई), उमेर २६ वर्ष , सुमन भन्ने नबिन कुमार राई, उमेर २४ वर्ष निशान राई, उमेर २६ वर्ष, राजिव राई उमेर २० वर्ष, दिवस राई,उमेर २३ वर्षका रहेका छन ।

पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा कार्तिक २८ गतेबाट लागु हुने गरी म्याद थपको लागि जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतबाट ८ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार